back

लघुकथा : ढुंगामा परेको बिउ

वि.सं.२०८० मंसिर २३ शनिवार

717 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

लक्ष्मी प्रसाद प्रसाईं, सिक्किम

अस्पताल एक कुनामा उ थकित एकछिन झकाएको थिएँ । एउटा रूखको हाँगो म माथी बज्रिन्दा म झसङ्ग बिउँझिए । कस्तो सपना !

नर्सहरू मलाई खोज्दै बोलाउदै थिए धन बहादुर दाई धन बहादुर दाई भन्दै । म छेउमा पुगे – –

लिनुहोस् तपाईको छोरो आमा होशमा छैनन् प्रेसर धेरै बढेको छ निक्कै सिकिस्त हुनुहुन्छ । हामी त कोसिस गरि रहेछौ तपाई पनि आफ्नो देव देवतालाई प्रार्थना गर्नुहोस् कुललाई सम्झिनु होस् ।

म भगवानहरू भाकेर पर्खि रहे ।

एक छिन पछि

दाई उहाँले दुनियाँ छोडेर जानु भयो बचाउन सकिएन….

अन्तिम शब्द यो नानी राम्रो… मात्र भन्न सकिनँ ।

त्यस पछि मेरो संर्घष प्रारम्भ भयो झरी बादल घाम पानी थकान केही भन्न पाईन । लगातार खटि रहे वर्षौ एउटा सुन्दर सपना लिएर अनि छोरो जवान भयो त्यस पछि…सबै चकनाचुर भए मेरो सपनाहरू !

अनि धने दाई अहिले तपाईको छोरो कहाँ छ ?

खै के भन्नु लागु पदार्थ सेवन अनि ओसार्ने बेच्ने गर्छ जेल पस्नु निस्केर आउनु फेरि पस्नु कुनै टुङ्गो छैन । धेरै दुख् गरेर हुर्काएर पढाए तर ढुंगामा परेको बिउ भएछ । मेहनत खेर गयो यसैले आज म आफ्नो ठाउँ छोडेर यहाँ आफु पालिने संघर्ष गर्दैछु ।

धने दाइ आँशु पुछ्दै रित्तो डोको बोकेर खोला तिर झर्छन् ।

 

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:५९ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...