back

कविता : अन्तर बोध

वि.सं.२०८० मंसिर २३ शनिवार

1.1K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा

फूल हो जीवन सुवास छर्नुपर्छ
फूल जस्तै झरेर फेरि मर्नुपर्छ
यात्रा छ कठिन अगि बढ्नुपर्छ
नहिंड्ने मान्छे रछ्यानमै सड्छ ।

चितामाथि आगो हुर्हुर्ती बल्छ
यो भौतिक देह क्षणभरमै जल्छ
छोडेर जान्छ को कस्तो निशानी
अँध्यारो चिरेर उदाउँछ बिहानी ।

मानिस हुनलाई सजिलो छैन
हत्या र हिंसा किन रोकिदैन
धूलोको कण एक तर हीरातुल्य
धन्य छ सृष्टि जीवन छ अमूल्य ।

अध्यात्म विज्ञान जब मन मिलाउँछन्
जीवन र जगतलाई अमृत पिलाउछन्
मनभित्रको सैतान जब डुक्रन्छ
एकताको कोहिनूर अनयास टुक्रन्छ ।

आविष्कार जब अभिशाप बन्छ
मानिस आफ्नै चिहान खन्छ
माली हो धरतीको मालिक ठान्छ
ईर्ष्या द्वन्द पुज्नेले के गरी खान्छ !!

 

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:०० मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...