back

कविता : भेँडाको वस्ती !

वि.सं.२०८० मंसिर २३ शनिवार

1.6K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

टिएन भट्ट विश्वामित्र, भक्तपुर

साला !
ऊ पनि देश बनाउने भनेर आयो
र अन्त्यमा आफ्नै महल बनाएर फर्कियो !

अस्तिन एउटा आयो
देश बनाउने कसम खायो
हामीले पत्याइदियौं
बाकसभरि मत दियौं
वाटो भरि ताली दियौं
पुरानो मुकुट फ्यालिदियौं
साला !
आफ्नै भुँडी बनायो
चोक चोकमा बुढी बनायो
देशको सट्टा टावर बनायो
तिलस्मी पावर बनायो
भेडाहरूको वस्तीमा
विस्वासको औषधि बिकायो
दशकौ सम्म भ्या भ्या गर्न सिकायो
साला !
देश बनाउछु भनेर आयो
अन्त्यमा आफ्नै महल बनाएर फर्कियो !

बिचमा अर्को आयो,
गरिवीको जिरा पड्कायो
सर्वहाराको उधारो पसल खोल्यो
समानता वेच्यो,समावेशिता बेच्यो
दरिद्रता बेच्यो
हामी भेडाहरू
रिन काडेर खरिद गर्यौ
ऊ व्यापारी धनी भयो
हामी भेडा गरिव भयौ
तर पनि,
समानताको सपना देखायो
विचरा !
शिहको आँखामा
भेडाले सपना देख्यो
भ्या भ्या गर्दै ताली बजायो !
साला !
देश बनाउछु भनेर आयो
ऊ पनि आफ्नै महल बनाएर फर्कियो !!

अस्ति भर्खर
चोक चोकमा
वस्ती वस्तीमा
एउटा तोरी आएको छ
पुराना व्यापारी दुकार्दै
देश बनाउने कसम खाएको छ
उसले पनि दयाको सातु वेचेको छ
सहानुभूतीको ढिडो ओडालेको छ
उसलाई पनि गज्जबले थाहा छ
भेडाको बस्तीमा
हरियो चश्माको व्यापार चल्छ !
एक पेगमा जिन्दावाद चल्छ
अर्को पेगमा मुर्दावाद चल्छ
एक चोक्टामा आगो बल्छ !
अर्को चोक्टामा सत्ता ढल्छ !

थाहा छ उसले पनि देश बनाउछु भन्ने छ
र आफ्नै महल बनाएर फर्किनेछ
साला!
भेडाको वस्तिमा,
यो खेल चलिरहनेछ
जब सम्म भेडाहरू
मान्छे हुनेछैनन् ।

 

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:०१ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...