back

हाइकु

वि.सं.२०८० मंसिर २३ शनिवार

738 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

वसन्त अनुभव, घोराही, दाङ

१.
कालो बादल
मडारिँदै छ वायु
अनिष्ट पल !
२.
हावा र हुरी
भूकम्पको प्रकोप
दैवको छुरी !
३.
मौसम फेर्दै
खिसिक्क खेतबारी
आकाश हेर्दै !
४.
हुस्सु तुवाँलो
बालीनालीको नाश
जलेर कालो !
५.
शितको थोपा
मन्दमन्द सिरेटो
हावाको झोका !
६.
बढ्दैछ जाडो
आँतमा थुरथुर
तनमा काँडो !
७.
बाँझो छ पाटो
मृगतृष्णा थालीमा
सिस्नु र आटो !
८.
अशक्त तन
सन्ध्याकालको सूर्य
वृद्ध अवस्था ।
९.
सुकेका गाला
देखिन्छन् बेढङ्गको
नदी र नाला ।
१०.
खाली छ बस्ती
युवाहरू खाडीमा
वृद्धकै मस्ती ।

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:०२ मा प्रकाशित

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...

मुक्तक

मुक्तक

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ १. छोरी जन्मिई खुशी भए, ठुली...