back

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

वि.सं.२०८० मंसिर २४ आइतवार

237 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार क्रियाशील रहेको बताएका छन् । साथै उनले मानव अधिकार संस्कृतिको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले सो कुरा बताएका हुन् । ‘हाम्रो समाजमा जरा गाडेर बसेको जातिय, क्षेत्रीय, लैंगिक तथा परम्परागत विभेदका कारणहरुलाई सम्बोधन गर्न नेपालको संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था भए बमोजिम कानून बनाई मानव अधिकारको प्रत्याभूति दिलाउन र नेपालले अनुमोदन गरेका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिवद्धताहरु पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको छ,’ प्रधानमन्त्री ‘प्रचण्ड’को शुभकामना सन्देशमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेकाले यस दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएका छन् ।

यसै सन्दर्भमा प्रधानमन्त्री ‘प्रचण्ड’ले शुभकामना सन्देशमार्फत् भनेका छन्, ‘यस अवसरमा प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन गरी मानव अधिकार संस्कृतिको विकास गर्न नेपाल सरकारको प्रतिवद्धता व्यक्त गर्दछु ।’

सरकारले नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको भन्दै उनले केही बडापत्रमा आधारित र सन्धिजनित समितिमा पेश हुन बाँकी आवधिक प्रतिवेदनहरुसाथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेश हुने उल्लेख गरेका छन् ।

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका उपलक्ष्यमा मानव अधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानव अधिकारको खवरदारी गर्ने मानव अधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा प्रधानमन्त्री ‘प्रचण्ड’ले शुभकामना दिएका छन् ।

वि.सं.२०८० मंसिर २४ आइतवार ०७:२९ मा प्रकाशित

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा...

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

काठमाडौँ । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ)...

पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपातको सम्भावना !

पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपातको सम्भावना !

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

तीन लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

तीन लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

बनियानी (झापा) । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप...

विद्यालय बन्द भएपछि पढ्नकै लागि भारत जानुपर्ने बाध्यता

विद्यालय बन्द भएपछि पढ्नकै लागि भारत जानुपर्ने बाध्यता

इलाम । सन्दकपुर गाउँपालिका-५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी...

आयोगद्वारा पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा दायर

आयोगद्वारा पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा दायर

इनरुवा (सुनसरी) । सुनसरी कोसी गाउँपालिका-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय...