back

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

वि.सं.२०८० मंसिर २४ आइतवार

516 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

ढोरपाटन । बागलुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको छ । बडिगाड गाउँपालिका–५ खौलार बजारका ६ घरबाट शनिबार राति सुनसहित पाँच लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

गाउँपालिकाको केन्द्र नजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन् ।

बजारको पाँच पसलबाट नगद र एक घरबाट सुनचाँदी चोरी भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

रातको २ देखि ३ बजेको समयमा स्थानीय अर्जुनप्रसाद खरेलको घरबाट साढे तीन तोला सुन, खौलार बजारको प्रज्ज्वल दाना पसलबाट नगद ६० हजार, खरेल भाँडा पसल तथा हार्डवयरबाट नगद १५ हजार, जलजला होटलबाट नगद १० हजार, मायालु होटलबाट पाँच हजार र कक्षपति स्टोर्सबाट चार हजार रूपैयाँ नगद चोरी भएको अध्यक्ष अधिकारीले बताइन् ।

सबै घरका ताल्चा फुटालेर चोर प्रवेश गरेको स्थानीयको भनाइ छ । चोरी भएका हरेक पसलमा घरको पछाडिबाट च्यानल गेटको ताल्चा फुटाएर चोरी भएको छ ।

चोरी भएको खरेल भाँडा पसल तथा हार्डवयरको सिसी क्यामरामा एक अधवैंसे पुरूष अनुहारमा मुखुण्डो र पिपिई लगाएर घरको पछाडिबाट छिरेर काउन्टरको घर्रासहित चोरी गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले सिसी क्यामराद्वारा घटनाको सुक्ष्म अनुसन्धान गरिने बताए ।
रासस/फाइल फाेटाे

वि.सं.२०८० मंसिर २४ आइतवार ०९:०५ मा प्रकाशित

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध...

संसदीय समितिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ‘प्रचण्ड’

संसदीय समितिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संसदीय सिमितिको छलफलमा...

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

  काठमाडौं । अधिवक्ता तथा बाम बुद्धिजीवी गोपी भण्डारीलाई मातृशोक...

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बेनी (म्याग्दी) । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन...

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा...

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

काठमाडौँ । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ)...