back

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

वि.सं.२०८० मंसिर २४ आइतवार

321 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले सङ्घीयतासम्बन्धी विधेयक सरकारले अगाडि बढाइसकेको बताएका हुन् ।

“सरकारले विधेयक अगाडि बढाएको छ, तर त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ । यसका लागि समेत तपाईँ-हाम्रो संयुक्त पहल जरूरी छ”, प्रधानमन्त्री ‘प्रचण्ड’ले भने । उनले सङ्घर्षको कार्यक्रम थाँती राखेर अधिकार प्राप्तिका लागि थप पहलमा केन्द्रित हुन आग्रहसमेत गरे ।

उनले भने, ‘‘सङ्घीयताका निम्ति सबैभन्दा बढी लडेको माओवादी पार्टी नै हो । सङ्घीयताका पक्षमा लगातार सङ्घर्ष गर्ने नेता म नै हुँ । सङ्घीय कानुन समयमै निर्माण गर्न निरन्तर पहल गरिरहेको छु ।” प्रधानमन्त्री ‘प्रचण्ड’ले आ-आफ्नो पार्टीमा पनि सङ्घीयता कार्यान्वयनका लागि पहल बढाउन आग्रह गरे ।

छलफलमा मधेस सरकारका प्रतिनिधिले संविधानमा व्यवस्थाबमोजिमका सङ्घीय कानुन निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । छलफलमा उनीहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न सङ्घीय सरकारलाई आग्रह गरिएकामा सो अवधि पूरा भएकाले सङ्घर्षमा जानुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको बताएका थिए ।

वि.सं.२०८० मंसिर २४ आइतवार ११:११ मा प्रकाशित

माओवादीले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने

माओवादीले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा...

उपमहासचिव शर्माद्वारा कार्यविभाजनप्रति असहमति प्रकट

उपमहासचिव शर्माद्वारा कार्यविभाजनप्रति असहमति प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले...

एमाले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ : अध्यक्ष ओली

एमाले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ : अध्यक्ष ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको...

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय...

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध...