back

कोप-२८ मा अनावश्यक रणनीतिक अवरोध हटाउन आग्रह

वि.सं.२०८० मंसिर २५ सोमवार

318 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

दुबई । दुबईमा औपचारिक वार्ता समाप्त हुनुभन्दा २४ घण्टा अघि जुन जीवाश्म ईन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्ने सम्झौतामा केन्द्रित कोप-२८ को बैठकमा देशहरूलाई ‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन आग्रह गरिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका प्रमुख सिमोन स्टिलले हरितगृह ग्याँस उत्सर्जन कम गर्न र कम विकसित देशहरूको असरलाई सहयोग गर्न आवश्यक रहेको उल्लेख गर्दै भने, “पहिलो, अनावश्यक रणनीतिक अवरोधलाई हटाउनुहोस् ।”

“एकताका लागि समस्या बनेको ‘अनावश्यक रणनीतिक अवरोध’ लाई दिमाखबाट नहटाएसम्म यसले सबै सम्भावनालाई प्रभावित गर्छ,” उनले भने ।

विश्वव्यापी तापमान वृद्धिलाई पूर्वऔद्योगिक स्तरभन्दा कम १.५ डिग्री सेल्सियसभन्दा माथि नराख्ने लक्ष्यलाई कायम राख्ने उपाय खोजेकाले महत्वाकाङ्क्षी रहन उनले आग्रह गरे ।

स्टिलले भने, “म वार्ताकारहरूलाई वृद्धिवादलाई अस्वीकार गर्न आग्रह गर्दछु । उच्च महत्वाकाङ्क्षाबाट पछि हट्ने प्रत्येक कदमले अनगिन्ती लाखौं मानिसको ज्यान लिनेछ ।”

“उच्चतम महत्वाकाङ्क्षी परिणामहरू सबै सरकारहरूको लागि उनीहरूको क्षेत्र अन्तर्गत वास्तविक जीतको साथ दुबई छोड्ने एकमात्र उपाय हो,” उनले भने ।

उनले थपे, “एउटा कुरा निश्चित छ : ‘म जित्छु, तपाईं हार्नुहुन्छ’ भन्ने सोच सामूहिक असफलताको लागि एक समस्या हो । यसले अन्ततः आठ अर्ब जनताको सुरक्षा नै धरापमा परेको छ ।”

साउदी अरबको नेतृत्वमा तेल उत्पादकहरूले कडा प्रतिरोध गरेका कारण जीवाश्म ईन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्ने आह्वानमा वार्ता तीव्र भएको छ, जुन पृथ्वीको बिग्रँदो सङ्कटको प्रमुख दोषी हो ।
एएफपी

वि.सं.२०८० मंसिर २५ सोमवार १४:३६ मा प्रकाशित

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

नान्चिङ, चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नान्चिङमा भवनमा...

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री ‘प्रचण्ड’

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा...

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय...

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...