back

तनहुँ समाज कतारको बनभोजमा घन्कियो ‘कौडा सालैजो दोहोरी ‘

वि.सं.२०७४ वैशाख १७ आइतवार

642 

shares

दिल कुमार श्रेष्ठ, दोहा । नेपाली लोकसंगीत, लोकगित, कौडा सालैजो, चुड्का, लगाएत अंग्रेजी गित संगीतहरुमा समेत स्थानीय तथा अतिथि कलाकारहरुको आफ्ना गयाकी तथा नृत्यको साथमा तनहुँ सेवा समाजको बनभोज कार्यक्रम सम्पन्न भयो । गर्मीको मौसममा पनि जोश र जाँगर देखाउदै फरक फरक प्रस्तुतिमा उपस्थिति दर्शक दाजुभाई तथा दिदीबहिनीहरु नाची रहेका थिए ।
प्रवास कतारमा नयाँ बर्षको सुरुवातीको अवसर परेर शुभकामना आदानप्रदान कार्यक्रमसंगै आफ्ना जिल्लाबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई समेट्दै समाजले बृहत कार्यक्रम सम्पन्न गर्यो । तनहुँ प्रवासमा सामाजिक सेवामा तल्लिन कतारमा स्थापित जिल्ला सस्थाहरुको मध्य आफुलाई सफल प्रमाणित गर्न सफल रहेको सस्था हो । समाजले सामाजिक क्षेत्रमा स्थापनाको देखि आजको अवस्था सम्म आई पुग्दा यहाँ मात्र नभई जिल्लामा समेत विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न गरिसकेको छ। समाजले कतारमा रहेका विभिन्न संघसस्थाहरुको सहकार्यमा हुने गरेका हरेक गतिविधिहरुमा सहकार्य गरेको छ।
कार्यक्रममा रमझमको साथ आफ्नै गाउँघर, छरछिमेकमा गरिने रमाइलो तनहुँको बनभोजले दिलायो l बिहान देखि बेलुका सम्म नाचिरहेका उपस्थित दाजुभाई तथा दिदीबहिनीहरुको जोस र जाँगर देख्दा पेट त भर्यो मन भरेन भन्ने भान हुन्थ्यो ।
खुसी उत्साहका र गित संगीतको रमझममा भरिपुर्ण कार्यक्रममा अतिथि कलाकार बसन्ती भाटको नृत्य हेर्ने भन्दा मोवाइलमा कैद गरेर सम्झनाको कोसेली बनाउनेको होड देखिएको थियो ।

त्यस्तै म्युजिक भिडियो अवार्डबाट सम्मानित गायक रितकुमार श्रेष्ठको प्रस्तुतिमा नरमाउने कोहि भएनन् ।कौडा सालैजो दोहोरी गाउदै दर्शकहरुलाई नचाउने बलाबिक्रमको इनर्जी देख्न लाएक थियो । दोहिरी घोचपेचमा सिपालु कमला गुरुङ हेमा आफ्नो गायकी खरो उत्रिन आफुसंग आमने सामने गर्न जस्तो त्यस्तोले आट्न नगरे हुन्छ भनिन। रमाइलो रमझमको वातावारणमा सम्पन्न कार्यक्रममा स्थानीय कलाकारले पनि आफ्नो प्रतिभा देखाउने अवसर समाजले दिएको थियो।कार्यक्रममा मनोरन्जनको लागी बिशेष गरि स्थानीय कलाकार धन्यवादका पात्र बनेका थिए।
पछिल्लो समयमा नेपाली नियोग कतारले कतारमा स्थापित नेपाली समाजको गतिविधिहरुलाई नजिकबाट सहकार्य गर्दै आएको छ l पछिल्लो संसस्थाहरुको कार्यक्रममा कार्यवाहक राजदुत मणिरत्न शर्माले समेत सामाजिक गतिविधिमा समाजको मिले सम्म हरेक कार्यक्रममा उपस्थिति जनाउने प्रतिवद्धता तनहुंको कार्यक्रममा देखिएको थियो ।

प्रमुख अतिथि नियोगको दितीय सचिव नितेश सापकोटा कार्यक्रमलाई सम्बोधन गर्दै तनहुँ जिल्ला तथा समाजका लागी दिनरात नभनी खटिएका सम्पूर्ण धन्यवाद ब्यक्त गरे l राज्य व्यवस्थाका कारण कार्यक्रममा आउन लागेकी कलाकार नेपालबाट कतार आउन नसकेकोमा दुख ब्यक्त समेत गरे । उनले नेपाली समाज प्रवासमा कति आवस्यक रहेछ भन्ने आफुले कतारमा आए पछि पूर्ण रुपले नजिकबाट नियाल्न पाएको बताउदै समाजले सामाजिक कार्यसंगै राष्ट्र र राष्ट्रियता र हाम्रा कला सस्कृति र परम्परा जोगाउन खेलेको भूमिकाको खुलेर प्रसंशा गरेका थिए ।
त्यसैगरी बिशेष अतिथि विनेश तामांगले जिल्ला सस्था किन आवस्यक छ भन्ने कुरा प्रष्ट परेका थिए। समाजले कतारका स्थापित संघसस्थाहरुका साथै एनआरएन एनसीसी कतारसंग पनि विभिन्न कार्यक्रमहरुमा सहकार्य गर्दै कार्यहरुको तारिफ गरेका थिए । आज सम्म रहेको सम्बन्धलाई कालान्तर सम्म जीवित राख्दै तनहुँ सेवा समाजकोले गर्ने हरेक सामाजिक कार्यमा आफु र आफुले अध्यक्षता गरिरहेको सस्था एनआरएन एनसीसीकतारले समेत सदैव सहयोग गर्ने बताए ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बुद्दिजीवीले समत कार्यक्रमको सफलताको शुभकामणा दिएका थिए।
गत शुक्रबार कतारको राजधानीबाट धेरै टाढा ओमसलाल अलिमामा भएको कार्यक्रम ब्यानरअनावरण, दिप प्रज्वलनसंगै राष्ट्रियगानबाट सुरु गरिएको थियो । समाज अध्यक्ष पदम बिक को अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा स्वागत मन्तब्य दितीय उपाध्यक्ष ऋषि बिकले दिंदा कार्यक्रमको बारे जानकारी पुर्व उपाध्यक्ष नवराज बिकले दिएका दिएको कार्यक्रममा संचालन महासचिव बलराम गैरे र सोम थापाले गरेका थिए ।

वि.सं.२०७४ वैशाख १७ आइतवार ०८:५९ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...