back

लघुकथा : सपना

वि.सं.२०८० मंसिर ३० शनिवार

720 

shares
NTC AD
Global IME AD

घनश्याम डल्लाकोटी’कृष्णजी शर्मा’
राप्ती न.पा. – ८, चितवन

‘सुन त सुनयना ! हाम्रा दुई छोराछोरी पनि भए । यिनलाई पढाउन, हुर्काउन पर्यो । सम्पत्तिको नाउँमा गाउँमा ५ रोपनी पाखोबारी छ । वैदेशिक रोजगारमा जाउँ कि जस्तो लाग्यो । सहरमा भाडाको घरमा बसेर मात्र जिन्दगी बिताउने कुरा भएन नि ! ५ बर्ष काम गर्न पाएँ भने एक करोड कसो नकमाउँला !? सहरमा आफ्नै घर होस् भन्ने सपना तिम्रो पनि पक्कै छ होला ।’ सुबोधले भने ।

‘खै, म के भनुँ ! दोधारमा छु । सहरमा आफ्नै घर हुनुपर्छ जस्तो पनि लाग्छ । पैसाकै लागि श्रीमान–श्रीमती के छुट्टिनु है, जस्तो पनि लाग्छ । सहरमा छोराछोरीको पढाइ सकिएपछि गाउँ फर्केर सानो झुपडी बनाउँला, आफ्नै देशमा पसिना चुहाउँला, दुःखसुख सँगै बाचौँला । मरिलानु के नै छ र ? दुःख र पीडा त महलभित्र पनि छ नि !’ सुनयनाले मनको भावना पोखिन् ।

‘भावनाले चल्दैन, बुढी ! तिमी छोराछोरी सम्हाल, म ५ बर्ष विदेशमा काम गर्छु, बाँकी जीवन सँगै जिउँला ।’ सुबोध बोल्यो ।

सुबोध विदेश गए । सुबोधको कमाइबाट सुनयनाले सहरमा घडेरी किनिन्, घर बनाइन् । ५ वर्षपछि सुबोधलाई घर फर्कन आग्रह गरिन् । सुबोधले फोनमा सुनयनालाई भने,‘अब तिम्रो लागि सुनको गहना झरिझुट्टै पारिकन घर फर्कन्छु । अन्तिम एक बर्ष काम गर्न देऊ, है ?’

एक साँझ खाना खाएपछि सुनयना छोराछोरीलाई गृहकार्य गराउँदै थिईन् । छोरी सुरुचिले सोधिन् ,‘आमा, बाबा कहिले आउनुहुन्छ ?’
‘चक्लेट लिएर छिट्टै आउनु हुन्छ ।’ सुनयनाले भनिन् । त्यतिबेलै सुनयनाको सामसुङ स्मार्ट फोनमा घण्टी बज्यो । फोन कोरियाबाट थियो तर एउटा अज्ञात नम्बरबाट । उनले फोन उठाइन् । उताबाट काँपेको आवाज आयो,
‘सुनयना भाउजू हो ?’
‘हो, तपाईं ?’
‘म सुबोधको साथी श्रवण । सुबोध कार दुर्घटनामा बित्नु भो । कम्पनीको बोसलाई मिटिङबाट लिएर फर्कंदा दुर्घटना भयो ।’

मर्निङ वाकबाट सुबोध बिहान ६ बजे घर फर्कँदा सुनयना ओछ्यानमै बर्बराउँदै, रुँदै थिइन् । सुबोधले सुनयनालाई झक्झक्याएर सोधे,‘निद्रामै रोएकी ? बिहान अबेरसम्म सुत्छेउ, अनि अनेक सपना देखेर बर्बराउँछ्यौ, उठ !’

वि.सं.२०८० मंसिर ३० शनिवार ०८:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...