back

कविता : भिडको अर्थ !

वि.सं.२०८० मंसिर ३० शनिवार

843 

shares
RBB AD
NTC AD

प्रेमल कुमार खनाल, काठमाडौं 

भिड सहर पसेको छ
भिड गाउँ पसेको छ
फगत रछ्यानमा फालिएको मानिसको कुरा लिएर
फगत सामाजिक सद्भाव भड्काउने धर्मका कुरा लिएर
फगत नक्कली लोकतन्त्र, विकास र
समृद्धिको कुरा लिएर
के अर्थ छ–भिड जम्मा गर्नुको ?

जनताको रोजगारी, जीविका र
आर्थिक विकासका प्रश्नमा
कहाँ थियौ–शासन सत्तामा हुँदा ?
संविधानको रक्षा र सुशासनका पक्षमा के गरेका थियौ ?
अनि के सुनाउदै छौ अहिले जनतालाई ?

जनता अझै पनि झुक्किने छन् भनेर
भिड जम्मा गर्नुको कुनै अर्थ छैन ।
पुँजीवाद–जहाँ आर्थिक असमानता,
गरिबी, बेरोजगारी, कुशासन, अनियमितता र,
भ्रष्टाचार व्याप्त छ ।
जनता यसको सत्यनाश होस् भन्ने चाहन्छन् ।

समाजवाद–जहाँ सामाजिक न्याय, सुशासन,
आर्थिक विकास र समृद्धि हासिल हुने व्यवस्था
जनता चाहन्छन्
तर तिम्रो मुखारविन्दबाट पुँजीवादले
सत्यनाश गरेको कुरा आउदैन ।
तिम्रो मुखारविन्दबाट समाजवादको कुरा आउदैन
रछ्यानमा फालिएको मानिसको
जय जयकार गर्नुको केही अर्थ छैन ।

अनि पुँजीवादको नयाँ जामा लगाएको उदारवादको
बखान गर्नुको पनि केही अर्थ छैन
त्यो भिडमा तिम्रो मुखारविन्दबाट
चुनाव देखिनँ चुनावको कुरा मात्रै आउनेछ
यस्ता नक्कली कुरा
त्यो भिडमा सुनाउनुको कुनै अर्थ छैन ।

 

 

वि.सं.२०८० मंसिर ३० शनिवार ०८:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

कुशलनाथ योगी, कालिकोट ढुङ्गैको सामु झुकोस् यो शिर मेरो हो...

कविता : प्रेम सुहाउने रहेछ ।

कविता : प्रेम सुहाउने रहेछ ।

दीनानाथ पोख्रेल, इलाम मान्छे बन्दै हितपथ चुनी बढ्न जाने धरामा...

गजल

गजल

भूपाल अधिकारी, बिराटनगर उनी रुझ्दा झरी बन्ने अनौठो चाहनाभित्र उनैको...

मुक्तक

मुक्तक

गणेश लोहनी, काठमाडौं १. केही गर्ने अठोट बोकी मैदानमा आएपछि...

कविता : उनी अनि म

कविता : उनी अनि म

चन्द्रिका राना, थापा पाल्पा, हाल–काठमाडौं एउटा घर, घरमा हामी दुई...

लघुकथा : भविष्यवाणी

लघुकथा : भविष्यवाणी

इन्दिरा चापागाईं सूर्यविनायक न.पा. भक्तपुर ‘होइन, नेपाल देश त खाली...