back

कविता : मेरा जीवनका गोरेटाहरु

वि.सं.२०८० मंसिर ३० शनिवार

864 

shares
RBB AD
NTC AD

गोपाल अधिकारी
हुुप्पसेकोट ४शंखदेव, नवलपरासी पूर्व
९८६७१३००९३

कवि सधैँ सपनाहरु देख्छ अनन्त आकाशमा
प्रित प्रेमको–धुन बजाई आफ्नै अन्तस्करणमा
शिक्षक कवि बन्छ ? या कवि शिक्षक बन्छ ?
तर, उ त्यो पदीय कुर्सी तगारो यहाँ किन छ ?

साथ खोज्दा यहाँ कसैको साथित्व खोसियो
विना अपराध यहाँ कसैको आरोप झोसियो
निर्लज्ज समाजका संकुचनहरु भत्काउँदा
आफै भासिने नासिने फन्डाहरु रित्याउँदा
के संकुचनको अर्थ यहाँ गणित हो र ?

के व्यापकताको अर्थ यहाँ दर्शन हो र ?
गणित दर्शनबाट आउने भए, विज्ञान के हो ?
विज्ञान समय भए हाम्रो जीवन के हो ?
शिक्षा, शिक्षक, सिकारु, सिमाई, सीमा के हो ?
उत्तर प्रेम, उत्प्रेरणा, उत्साह, उमङ्ग के हो ?
त्याग तपस्या, त्याघर्ष त्यालीदान त्याघर्षण के हो ?
आफ्नै अहमको शून्यता हो ? त सून्यता के हो ?

कविका सपनाहरु साकार रुपका बाटाहरु हुन्
जीवनका मेरा गोरेटाहरु छन् संगीत धुन छन्
सिकाई हुन सिमाहिन गन्तव्य छन् सोच छन्
संभाव्यता हुन् सृजना हुन् अनि जीगोरु छन्
अवरोध छन, कपट छन्, दल छन, फन्दा र फन्डा छन्
जे जति शब्द छन् ति छन् उनैको प्रेरणाका सिर्जना हुन्
पिमलाका संघर्षहरु छन् उनैको प्रेरणाका र्सिजना
छन्
हाय जीवन सिमित कठघरा छोड र स्वतन्त्रता रोज !

 

वि.सं.२०८० मंसिर ३० शनिवार ०८:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...