back

लघुकथा : स्वतन्त्रता

वि.सं.२०८० मंसिर ३० शनिवार

768 

shares
NTC AD
Global IME AD

सुरेशकुमार पाण्डे, दाङ घोराही- १८

‘बुहारी ! यो केचाला हो ? बजारमा बस्ने योजना छ भन्ने पो सुन्छु त मैले त !’– हिमाले छबि सँग सोधिन् ।

‘हो ! आमा गाउँमा बोडिङ् स्कुल छैनन् । बजारमा डेरा गरेर भए पनि यो बाबुलाई बोडिङ्गमा भर्ना गर्छु ।’ छबिले सटिकमा भनिन्।
‘कम्तिमा मलाई पनि त एक आखर सोधेको भए हुनेथ्यो ।

हिंजो छोरा घर हुँदा तिमिलाई छुट्टै बस्ने रहर जाग्यो । अनि छोरा बिदेश जाँदा बित्तिकै किन बजारमै जानु पर्यो त ? सबैका बालबालिकाले सरकारी स्कुलमै पढेका छन् । बरू अलि ठुलो भयो भने ट्युसन पढाए हुन्छ । तिमी आफै पनि त पढाउँन सक्छौ ।’ हिमाले आदेश सुचक सैलिमा भनिन् ।

‘सक्दिनँ मैले घरको काम पनि त गर्नैपर्यो ।’ छबिले मोबाइल चलाउँदै भनिन् ।

‘छुट्टिएर बसेपनि कतै नजाऊ; म बुढिको पनि तिमीहरूको बाहेक अरू को पो छ र ? दुःख बिमार हेरदेख गर्ने ।’ हिमाले छबिलाई विन्रम अनुरोध गर्दै भनिन् ।

‘आमा हजूरले कस्ता कुरा गर्नुहुन्छ ? हजूरको लागि यो छोराको पढाई बलि चढाउँने हामिले ?’ छबिले व्याङ्यात्मक सैलिमा भनिन्।
‘मैले त्यसो भनिन् नि बुहारी, मलाई पनि त बाबुको उत्तिकै मायाँ लाग्छ ।’ हिमा भावुक हुँदै  भनिन्।

‘मायाँ लाग्ने भए त यतिका कुरा नै हुँदैनथ्यो । जाउ बुहारी छोरालाई बोडिङ्गमा पढाउ भन्नु पथ्र्यो ।

मलाई त स्वतन्त्रता मनपर्छ कसैको आदेश सहन सक्ने भए त किन पो छुट्टिन लगाउँथे मैले ।’ छबिले घांटी बटार्दै प्याच्च भनिन् ।

 

वि.सं.२०८० मंसिर ३० शनिवार ०८:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...