back

दलगत राजनीतिभन्दा माथि उठौँ, रूम्जाटारको विकासमा सबै जुटौँ

वि.सं.२०८० पुस ४ बुधवार

1.6K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

रूम्जाटारको विकासको वास्तविक समस्या के हो निचोड पत्ता लगाउने प्रयास गरियो। त्यहाँको मुख्य समस्या भनेको गाउँका युवा शक्तिहरूको पलायन नै हो। युवाहरू गाउँमा छैनन र गाउँमा आएर बस्न पनि मन पराउदैनन। युवा पलायनको यो भयावह अवस्थाबाट रूम्जाटार अत्यन्त पिरोलिएको छ। स्थानिय सरकार, प्रदेश र केन्द्र सरकारको यसतर्फ समयमै ध्यान जानु जरूरी छ।

नेपाली उखान छ- घुम्दै फिर्दै रूम्जाटार। यो उखान कसरी आयो एकिन बुझ्न त सकिएन तथापी समयले ‌ओखलढुंगा जिल्लामा अवस्थित सुन्दर र रमणीय स्थल रुम्जाटारको अन्तरिक पर्यटकको रूपमा भ्रमण गर्ने मौका मिल्यो।कोशी प्रदेश अन्तर्गत ओखलढुंगा जिल्ला सदरमुकामदेखि ११ कि.मि. पूर्वमा अवस्थित धार्मिक, साँस्कृतिक तथा पर्यटनको सम्भाव्य स्थल हो रूम्जाटार। बाइसे-चौविसे राजाको पालादेखि नै किरात वंशीहरूले शासन गरेको यस रूम्जाटार क्षेत्रको नामाकरण तत्कालिन किराती राजा रूम बुढाको नामबाट रूम्जाटार रहन गएको कुरा स्थानिय व्यक्तिहरू बताउनु हुन्छ। किराती राजा रुम बुढाले शासन गरेको एक ठुलो टार भएकाले यसको नामाकरण रूम्जाटार रहेको र रुम बुढाकै पुर्खाहरू अर्थात रूम्दाली राईहरू आज पनि यसको आसपास बसोवास गरेको पाइन्छ। अहिले रूम्जाटारमा रूम्दाली राईहरू होइन गुरूङ्गहरूको बाहुल्यता पाइन्छ। यहाँ गुरूङ्गहरूको ४७० भन्दा बढी घर वस्तीहरू रहेका छन जुन अन्य जातीहरूको तुलनामा झण्डै आधा हुन आउँछ।

बाइसे- चौविसे राज्यको समयमा किरात शासित यस क्षेत्रमा नेपाल एकिकरणको समयमा गुरूङ्ग सेनाहरूको प्रवेश भएको र उनीहरू पछि यसै क्षेत्रमा बसोवास गरेको कुरा स्थानिय समाजसेवी रोहित गुरूङ्गले जानकारी दिनु भयो। नेपाली आधुनिक गीतकी प्रथम महिला गायिका मेलवा देवी र जोसमनी धर्मका प्रवर्तक सन्त योगी ज्ञानदिलदासले यस क्षेत्रको परिचय दिलाउन खेलेको भूमिकालाई स्थानीय वासीहरूले कहिल्लै विर्सन चाहादैनन। कतिपय स्थानियले राजा महेन्द्रले रुम्जाटारकी एक गुरूङ्सेनी सँग विवाह गरी रविन्द्र नामका सन्तानको जन्म समेत भएको बताए भने राजा विरेन्द्रको धाई आमासमेत रूम्जाटारकै भएको बताईन्छ। वि.सं.१९०० को अन्त्य तिरबाट रूम्जाटारका स्थानियवासीहरूको राजदरवारसँग सामिप्यता र हिमचिम बढ्न थालेदेखि त्यहाँका गुरूङ्गहरू हिन्दु धर्मप्रति झुकाव राख्न थालेको पाइन्छ।

रूम्जाटार नेपाली महिला उधमीहरूको हब नै हो। करिव दुई सय वर्ष अगाडीदेखि सञ्चालित राडीपाखी उधोग रूम्जाटारको मात्र नभएर नेपालको सान र गौरवका रूपमा चिनिन्छ। रूम्जाटारको राडीपाखी नेपालकै सुन्दर, टिकाउ र बलियो मानिन्छ। केहि समय पहिलेसम्म रूम्जाटारमा महिला उधमका रुपमा सञ्चालित करिव ३-४ दर्जनको हाराहारीमा रहेका राडिपाखी उधोगहरु हाल लोपोन्मुख अवस्थामा रहेको छ। हाल एक घरमा मात्र यसक उत्पादन हुने गरेको पाइन्छ। भेडाको उनबाट उत्पादन हुने राडीपाखी स्थानिय वासिन्दाहरूको भेडा पालनमा देखिएको कम उत्साह र भेडाको उनको उत्पादन र प्रशोधनमा देखिएको प्राविधिक ज्ञान तथा अन्य स्रोत साधनको अभावका कारण लोपोन्मुख हुने अवस्थामा पुगेको स्थानिय वासिन्दाहरू बताउछन।रूम्जाटारको अर्को गौरव भनेको त्यहाँको भूमि हो।भूमि अत्यन्त उर्वर छ तथापी भूमिको उर्वरशीलतामा सिचाई बाधक बनेको छ।तराइ जस्तो समझर र उर्वर भूमि रूम्जाटारको लागि मुख्य समस्या भनेको सिंचाई सुविधाको अभाव हो।राज्यको यस तर्फ भने समयमा ध्यान जान जरूरी छ नत्र उर्वर भूमी रूम्जाटार खण्डहर मरूभूमि जस्तो बन्न समय लाग्ने छैन।

रूम्जाटारको अर्को आकर्षणको विषय हो त्यहाँको विमानस्थल। नेपालमा कोभिड- १९ को प्रभाव बढेसँगै बन्द अवस्थामा रहेको रूम्जाटार विमान स्थल अजै सञ्चालनमा आउन सकेको छैन। विमानस्थलका सम्पूर्ण संरचनाहरू तयारी अवस्थामा रहेका छन भने अब छिटै सञ्चालनमा नल्याउने हो संरचना भत्कने र पिच उप्कने र भत्किने अवस्थामा पुग्नेछन।त्यसैले बुढी आमा वित्नुच भयो भनेर पिर मान्ने होइन।काल पल्कियो भनेर पिर मान्न जरूरी छ नत्र समयले धित्कार्ने छ।ओखलढुंगावासी मात्र होइन प्रभावित क्षेत्रका वासिन्दाहरू पुनः विमानस्थलको सञ्चारलनको आसा र पर्खाइमा रहेका छन।

अहिले रूम्जाटारमा गुरूङ्ग संग्राहलय बनिरहेको छ।पृथ्वी नारायण शाहको नेपाल एकिकरणको अभियानसँगै रूम्जाटारमा आएका गुरूङ्ग सेनाहरू एकिकरण पश्च्यात त्यस क्षेत्रमा नै रहेका र उनीहरू मध्ये केहि उच्च पदस्थ सैनिकहरूले आफूले साथमा ल्याएका युद्द सामाग्री जस्तै खुँडा, तरवार र ढालहरू आफुसँगै राखेकोले अहिले पनि कतिपय गुरुङ्ग घरपरिवारमा सुरक्षित रहेको स्थानिय वासिन्दा रोहित गुरूङ्गले जानकारी गराउनु भने हामीले समेत हेर्ने मौका पायौ। यस्ता पुराताविक महत्वका युद्ध सामाग्रीहरूलाई एउटा संग्राहलय बनाएर सुरक्षित राख्न सकेको खण्डमा नेपाली युद्ध र युद्ध कलाका विषयमा अध्ययन गर्न चाहानेहरूका लागि अनुसन्धान र अन्वेषणको केन्द्र बन्ने नै छ।

रूम्जाटार सिचाइ सुविधाबाट वञ्चित छ । यहाँको कोदो र सुन्तला खेती तथा उत्पादनले ओखलढुंगामा मात्र होइन देशमै प्रख्याती कमाएका छन। रूम्जाटारको सुन्तला देशकै रसिलो, मिठो र ठुला दाना हुने सुन्तलाको रूपमा चिनिन्छ।रूम्जाटार वासीहरूका लागि सुन्तला खेती आय आर्जनको मुख्य स्रोत हो। सुन्तला फल्ने सिजनमा त रूम्जाटार पुरै सुनौलो रंगले रगमगाउथ्यो तर आज यस्तो अवस्था छैन।सुन्तलाका बोटहरू विस्तारै हराउदै जान थालेका छन।उन्नत प्रविधियुक्त सुन्तला खेती नभएका कारण उत्पादन घट्दो छ। नयाँ प्रविधि र शैलीको प्रयोग गर्न सकिएको छैन। जिर्ण र पुराना बोटहरू विस्थापित गरी नयाँ बोट लगाउने तर्फ राज्यको तर्फबाट प्रोत्साहित गर्न सकेको पाइदैन भने सुन्तला खेतीलाई आम्दानीको प्रमुख स्रोत मान्ने रूम्जालीको सोंचमा पनि परिवर्तन आएको पाइन्छ।रूम्जाटारको पहिचान हो – सुन्तला खेती। अहिले पहिचान गुम्ने अवस्थामा पुगेको छ।मौषम परिवर्तनले नेपालमा पारेको प्रभावले रूम्जाटारको सुन्तला खेतीमा पनि असर नगरेको होला भन्न सकिदैन तर यसको सम्भाव्य अध्ययन भने हुन सकेको पाइदैन। ठुला दानाको रूपमा परिचित रूम्जाटारको सुन्तला कागती आकारमा परिणत भएको छ। यो चिन्ताको विषय हो।अत्याधुनिक प्रविधि र आधुनिक सोंच आजको आवश्यकता बनेको छ।

रूम्जाटार नेपालमै कोदो खेतीको लागि प्रख्यात ठाउँ हो। कोदोको कुरा गर्दा रूम्जाटारको नाम अवल दर्जामा आउँछ। यहाँका स्थानीय वासिन्दाहरूको मुख्य आम्दानी स्रोत भनेको कोदो र यसबाट उत्पादित परिकार नै हुन।कोदोबाट उत्पादन हुने रक्सी र रक्सीजन्य पेय पदार्थलाई ब्रान्डेड गर्न सकिएको खण्डमा रूम्जाटारवासीहरुका लागि सबैभन्दा ठूलो आम्दानीको स्रोत बन्नेछ भने राष्ट्रिय आम्दानीमा रूम्जाटारले थप उल्लेखनीय योगदान पुर्या उन सक्नेछ।

रूम्जाटारको विकासका लागि रुम्जाटार विमानस्थललाई सञ्चालनमा ल्याउने, भौतिक संरचनाहरूको निर्माण गर्ने, उर्वर भूमिको भरपुर उपयोगका लागि सिंचाइको व्यवस्था गर्ने, किसानहरुलाई भेडा पालन गरी उनीजन्य उत्पादनका लागि प्रोत्साहन र सहयोग गर्ने, रूम्जाटारलाई एक गाउँ एक उत्पादन अन्तर्गत सुन्तला र कोदोजन्य उत्पादनमा जोड दिन सकेमा रूम्जाटार साँच्चै रूम्जाटार बन्नोछ। रूम्जाटारको यात्राको क्रममा प्रदेश सभाका पूर्व मन्त्री अमिर बावु गुरूङ्ग सँग पनि भेटघाट गर्ने मौका मिल्यो। रूम्जाटारको विकासको लागि उहाँले पनि यहि चिन्ता व्यक्त गर्नुभयो।

अन्त्यमा, रूम्जाटारको विकासको वास्तविक समस्या के हो निचोड पत्ता लगाउने प्रयास गरियो। त्यहाँको मुख्य समस्या भनेको गाउँका युवा शक्तिहरूको पलायन नै हो। युवाहरू गाउँमा छैनन र गाउँमा आएर बस्न पनि मन पराउदैनन। युवा पलायनको यो भयावह अवस्थाबाट रूम्जाटार अत्यन्त पिरोलिएको छ। स्थानिय सरकार, प्रदेश र केन्द्र सरकारको यसतर्फ समयमै ध्यान जानु जरूरी छ। रूम्जाटार गुरूङ्ग वाहुल्य वस्ती हो। गुरुङ्हरूको मुख्य वस्ती रहेको रुम्जाटारमा गुरुङ्हरको आफ्नो बेग्लै भाषा, लिपी र संस्कृती भने छैन।पहिचान विर्सिएका गुरूङ्ग समुदायको भाषा, धर्म र सँस्कृतिको विकास र सम्वर्द्धनका लागि राज्यका तीनै तहका सरकारहरूको रचनात्मक र सक्रिय पहल नै रूम्जाटारको विकासका लागि अहम् कार्य हुनेछ। यसका लागि गुरूङ्ग भाषामा शिक्षा आवश्यक देखिन्छ। पहिचान विर्सिएका गुरूङ्गहरूको पहिचान सम्झाउनु र दिलाउनु आजको दायित्व हो।रूम्झाटार विकासको पर्खाईमा छ।यो लोभ लाग्दो ठाउँको विकासको लागि दलगत राजनीतिभन्दा एक कदम माथी उठौं नत्र समयले धिक्कार्ला नै।

(लेखक पाण्डेय उच्च अदालत विराटनगर  अन्तर्गत अस्थायी इजलास ओखलढुंगामा रजिष्ट्रार छन् ।)

यात्रा अनुभूति : पुरातात्विक संरक्षणको पर्खाइमा हलेसी महादेव गूफा

वि.सं.२०८० पुस ४ बुधवार १४:३४ मा प्रकाशित

‘देशको समृद्धिका लागि प्रमुख दलहरूबीच सहकार्य हुनुपर्छ’

‘देशको समृद्धिका लागि प्रमुख दलहरूबीच सहकार्य हुनुपर्छ’

काठमाडौँ । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष...

भनिदेउ न समाज महिलाले मात्र हो मर्नुपर्ने ?

भनिदेउ न समाज महिलाले मात्र हो मर्नुपर्ने ?

केही दिनअघि ललितपुरकी ३६ वर्षीया सविना महर्जनले दुई छोराछोरीको हत्या...

बैंकहरुले तत्काल नीतिमा सुधार ल्याउनु आवश्यक छ

बैंकहरुले तत्काल नीतिमा सुधार ल्याउनु आवश्यक छ

प्रकाश ढकाल, डेनमार्क । पछिल्लो तथ्यांक अनुसार नेपालका बैंकहरुमा ५८...

सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?

सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?

राजकुमार दिक्पाल, काठमाडौँ । असाध्यै उपेक्षित विषय हुन पुगेको छ,...

क्यान्सरपछि पनि जीवन सहज र सफल बनाउन सकिन्छ

क्यान्सरपछि पनि जीवन सहज र सफल बनाउन सकिन्छ

काठमाडौँ । नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ । नेपालमा...

माघ १९ लाई सम्झि ल्याउँदा

माघ १९ लाई सम्झि ल्याउँदा

अहिलेजस्तो सोही ब्यबस्थामा रहेर ब्यबस्थालाइ नै गाली गर्नु अपराध हुन्थ्यो...