back

लघुकथाः अभिलाषा

वि.सं.२०८० पुस ७ शनिवार

879 

shares
NTC AD
Global IME AD

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

प्रश्नकर्ताहरूको प्रश्नको भकारी रित्तियो । प्रत्येक क्षेत्रको ओजिलो प्रश्नहरूको सटिक उत्तर र उसको कार्य प्रति उपस्थित सबै नतमस्तक थिए । यो सफलताले आविष्कर्ताको भुईँमा खुट्टा थिएन ।

‘हैन यसको दिमाग त आईन्सटाइनको भन्दा खतरा रहेछ ।’ विज्ञानमा रुचित एक व्यक्ति बोले ।

‘हैन यो त अष्टाबक्र भन्दा नि चौपट्ट रहेछ ।’ एक सन्त प्रकृतिका व्यक्ति बोले ।

‘किन नहुनु नि यो त कृतिम बौद्धिकता बोकेको अत्याधुनिक कृतिम मानव हो ।’ आविष्कर्ता दङ्दास हुँदै भने ।

भिडमा उत्सुक नजरले हेरिरहेको एक बालक अगाडी सरेर आविष्कर्तालाई प्रश्न गरे–

‘अङ्कल यसले सबै प्रश्नको उत्तर दिन्छ ?’

‘अवश्य । देखेनौ यसले कति सजिलै दिएको उत्तर ।’ मुस्कुराउँदै आविष्कर्ताले भने ।

बालकले उत्साहमा कृतिम मानवतिर फर्कदै प्रश्न गरे– ‘भगवानको घर जानुभएकी मेरी आमा कहिले फर्कनुहुन्छ ?’

वि.सं.२०८० पुस ७ शनिवार ०८:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...