back

एनआईसी एशियाद्वारा विद्यालयमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८० पुस २० शुक्रवार

570 

shares
NTC AD
Global IME AD

 

काठमाडौं । एनआईसी एशिया बैंकले श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको जनाएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका सातै वटा प्रदेशमा विभिन्न विद्यालयहरु छनौट गरी पुस्तकालय भवन निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढ्ने क्रममा सुदूरपश्चिम प्रदेशमा यस बैंकले विद्यालय र गाउँपालिका कार्यालयसँगको सहकार्यमा उक्त पुस्तकालय भवन निर्माण सम्पन्न गरेको हो । यस नवनिर्मित पुस्तकालय भवनबाट विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले जनाएको छ ।

उक्त पुस्तकालय भवन जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक देबेन्द्र प्रसाद शाह, बैंकका प्रादेशिक प्रमुख सुवास जोशी तथा जोशीपुर शाखा प्रबन्धक उजिर सिंह भण्डारी लगायत स्थानीय निकाय एवं विद्यालयका पदाधीकारीहरुको उपस्थितिमा समुद्घाटन गरिएको बैंकले जनाएको छ ।

यस भवन निर्माण पश्चात् विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना गरी त्यहाँबाट विद्यार्थीलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा सहज पहुँच भई विद्यार्थीहरुको शैक्षिक प्रदर्शन एवं व्यक्तित्व विकासमा ठोस टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

 

वि.सं.२०८० पुस २० शुक्रवार १४:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण

परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को...

शिक्षालयका विद्यार्थीको मूख्य उत्पादन च्याउ र मह

शिक्षालयका विद्यार्थीको मूख्य उत्पादन च्याउ र मह

गलेश्वर (म्याग्दी) । म्याग्दीको मालिका गाउँपालिका-७ बिमस्थित किसानी कृषि प्राविधिक...

विद्यार्थीलाई आवश्यक सामान विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने महानगरको चेतावनी

विद्यार्थीलाई आवश्यक सामान विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१...

चौँरीदेउरालीका २५ विद्यालय बन्द

चौँरीदेउरालीका २५ विद्यालय बन्द

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल...

सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...