१९ बैशाख, काठमाडौं। नेपाल यूके डेभलपमेन्ट ट्रस्टले२०७३ को युवा पुरस्कारबाट दुईजना युवालाई सम्मान गर्ने भएको छ ।
ट्रस्टले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सामाजिक कार्य अध्ययनरत गर्दै शिक्षा र बिकासको क्षेत्रमा योगदान पुर्याइरहेका बाग्लुङका २६ बर्षिय राजेन्द्र गौतम र दलित बालबालिकाको शिक्षाको बिकासको निम्ती कृयाशिल पाल्पाकी २८ बर्षिय मिना परियारलाई युवा पुरस्कारबाट सम्मान गर्न लागेको हो।
परियार पाल्पा, अर्घखाची र प्युठानका बिभिन्न क्षेत्रमा बालबालिकाको शिक्षाको उत्थानका निम्ती सकृय छन । उनी वर्ल्ड युथ एसोसेशनको बर्ष युवाको पुरस्कारबाट समेत पुरस्कृत भईसकेकी छन।
त्यसैगरी गौतम, प्रोजेक्टहोप – एकदाता, एक विद्यार्थी छात्रवृत्ति कार्यक्रममार्फत नेपालका बिभिन्न जिल्लाका गरीब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दैआईरहेका छन । उनी अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत एवम् गैरसरकारी सस्था सोलिडारिटी नेपालका संस्थापक अध्यक्ष हुन । नेपालमा गएको बिनासकारी भुकम्पपछीको पुनर्निर्माण अभियानको क्रममा उन्ले १७ बिद्धालयहरु पुनर्निर्माण गरीसकेका छन । गौतम २०१३ को राष्ट्रिय शान्ती पुरस्कार र २०१५ को सोसियल इनोभेसन अवार्डबाट समेत सम्मानित भईसकेका छन।
पुरुस्कारको राशी जनही एक लाख एघार हजार एक सय एघार रुपैयाँ र सम्मान पत्र रहने ट्रस्टले जनाएको छ । पुरुस्कार जेठ दोश्रो साता एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ।