Logo
१ भाद्र २०७९, बुधबार
     Wed Aug 17 2022
E-paper
  English Edition
   Unicode
Logo

शुल्क तिरेर निकुञ्जको बाटो प्रयोग



१९ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जपारीको माडी नगरपालिकाका बासिन्दा सदरमुकाम भरतपुरबाट घर जाँदा र आउँदा निकुञ्जलाई शुल्क तिर्नुपर्ने बाध्यतामा छन् ।

निकुञ्जको बाटो प्रयोग गर्दा दुई पाङ्ग्रे सवारीसाधनका चालकले एक पटकमा रु १० तथा चार पाङ्ग्रे र सो भन्दा ठूला सवारीसाधनका चालकले रु ५० तिर्नुपर्छ । मूल्य अभिवृद्धि कर जोड्दा साना सवारीसाधनको ११ रुपैयाँ ३० पैसा हुने भए पनि निकुञ्जका कर्मचारीले रु १५ लिने गरेका छन् ।

यस्तै ठूला सवारीसाधनको मूल्य अभिवृद्धि करसहित ५६ रुपैयाँ ५० पैसा हुने भए पनि रु ६० तिर्दैआएका स्थानीय समाजसेवी हरिप्रसाद पौडेलले बताउनुभयो । खुद्रा पैसा नभएको भन्दै बढी रकम असुल्ने गरेको उहाँको भनाइ छ ।

माडी पुग्न निकुञ्ज भित्रबाट करिब ९ किलोमिटर बाटो पार गर्नुपर्छ । माडी क्षेत्रमा सोही बाटो प्रयोग भएर दैनिक ३५ भन्दा बढी ठूला सवारीसाधन र एक सयभन्दा बढी मोटरसाइकलको प्रयोग गर्ने गरेका स्थानीयवासी श्रीप्रसाद दवाडी बताउनुहुन्छ । माडीको जनसङ्ख्या करिब ४० हजा रहेको छ । सोही बाटो हुँदै ठोरीसम्म जान सकिन्छ ।

माडी क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्था मन्त्री हुनुहुन्छ भने माडीवासी धनीराम पौडेल शिक्षामन्त्री हुनुहुन्छ । “एउटै नगरपालिकाबाट दुई÷दुई मन्त्री रहे पनि माडीवासीको समस्याको सुनवाई हुन सकेको छैन,” दवाडीले भन्नुभयो ।

विसं २०६९ मा माडी महोत्सवको उद्घाटन गर्न आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत गुनासो गरिएको भए पनि आजसम्म सुनुवाई नभएको दवाडीको गुनासो छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले राष्ट्रिय निकुञ्ज ऐनले निकुञ्जको बाटो प्रयोग गर्दा राजस्व उठाउन निर्देश गरेअनुरुप राजस्व उठाउँदै आएको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको