Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

यसरी मनायो नेपाली एकता समाज युएइले मजदुर दिवस



yakata-samaj1धन सिंह पुलामी, युएई । नेपाली एकता समाजको केन्द्रिय प्रतिनिधिको अगुवाइमा दुबई क्षेत्रीय समिति मार्फत दुबईमा पनि मे १ को मजदुर दिवस कार्यक्रम सु- सम्पन्न गरेको छ।
विशेष आतिथ्य युएई नेपाली एकता समाजका संस्थापक कृष्ण भुसालको उपस्थिति रहेको सो कार्यक्रमका अध्यक्षता शिवराज जैशीले गर्नुभएको थियो भने संचालन महासचिव धन सिंह पुलामीले गर्नुभएको थियो । अन्य अतिथिहरुमा समाजसेवी तथा युएई नेपाली एकता समाजका सल्लाहकार यम पुन , रक्तिम बिभागबाट श्रीप्रसाद थापा , महिला बिभाग बाट सरस्वती रिजाल पौडेल रहनु भएको थियो ।

yakata-samasj2
सहिदहरु प्रति एक मिनेटको मौन धारण पछि शुरु भएको सो कार्यक्रमका बिशेश अतिथि तथा संस्थापक कृष्ण भुसालले ,मइ दिवस तथा मजदुर दिवस केवल खुल्ला मंचमा भाषणमा मात्रै सिमित नरहेर वास्तविक रुपले मजदुरहरुको हकहितको लागी मजदुरहरु कै बीचमा पुगेर जब सम्म गोलवन्द गरिन्न तबसम्म मुक्ति नहुने कुरामा जोड दिनुभएको थियो । मालिक र मजदुरको असमानता दिन प्रतिदिन चुलिदै गएको उल्लेख गर्दै मई दिवसको महत्त्व अरु बढिरहेको बताउनु भएको थियो ।
८ घण्टा काम , ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो बाट शुरु भएको मजदुर आन्दोलनको औचित्य अरु बढ्दै गइरहेको स्पष्ट पार्दै मजदुरहरु एकता नभए सम्म प्राप्त उपलब्धि पनि गुमेर जान सक्ने भएकोले एउटै छाता भित्र गोलवन्द हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।
मजदुर दिवस बारेमा आ- आफ्नो धारणा राख्ने अन्य अतिथिहरुमा समाजसेवी तथा सल्लाहकार यम पुन, रक्तिम बिभाग श्रीप्रसाद थापा , महिला बिभाग सल्लाहकार सदस्य सरस्वती रिजाल पौडेलले मजदुर दिवसको महत्त्व बारेमा मन्तव्य राख्नुभएको थियो ।
अन्तमा , मई दिवस बारे तयार गरिएको अवधारणा पत्र अध्यक्ष शिवराज जैशीले पढेर सुनाए पछि कार्यक्रम बिसर्जन गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत

प्रेम, परियार नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि –१०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टे निर्देशन दिएका

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्

काठमाडौं । पर्वतको जलजला गाउँपालिका धाइरिङ ७ मा विद्युतीय दुर्घटनामा परेर १ जनाको मृत्यु