
हलिउड अभियनेत्री प्रियंका चोपडा यतिबेला आफूले लगाएको ड्रेसका कारण चर्चामा आएकी छन् । प्रियंकाले न्युयोर्कमा आयोजित मेट गाला रेड कार्पेटका अबसरमा लगाएको गाउनका कारण धेरैको ध्यान खिचेको थियो । उनको उक्त ड्रेसका कारण उनी कसैको मजाक बनिन् भने कसैले उनको तारिफ गरेका थिए ।
उनले लगाएको गाउनकै कारण उनलाई ट्वीटरमा धेरै रमाइला कमेन्टहरु गरिएको छ । त्यस्तै अमेरिकाका चर्चित गायक योनसले ‘ लभ्ली पिंय्रका चोपडा संग’ भन्दै इन्स्ट्राग्राममा प्रियंका सहितको फोटो राखेका छन् ।
उनको गाउनलाई कसैले टेन्ट बनाउन मिल्ने भनेका छन् भने कसैले ६ वटा सम्म शर्ट सिलाउन पुग्ने कपडा आउछ भनेर मजाक गरेका छन् ।
प्रियंकाको उक्त गाउनको डिजाइन राल्फ नामक चर्चित फैशल ब्रान्डले गरेको थियो । जसरले हलिउडका धेरै सेलिब्रेटीहरुको ड्रेस डिजाइन गर्छ ।
Photo-AFP