बिजय शर्मा दर्पण । पर्वत समाज वेलिज्यमको अध्यक्षमा झलक केसी चयन भएका छन् । समाजको उपाध्यक्षमा भिम कुँवर, महासचिवमा दीपक पोखरेल, सचिव युग माया पुन र कोषाध्यक्षमा सिता के सी सर्बसम्मत चयन भएका छन् । साथै सदस्यहरुमा काजी, नेपाली, किरण पुन, राकेश कमाचार्य, अमृत पौडेल, हिक्मत गुरुङ, पुनम घिमिरे, दर्शन श्रेष्ठ, बाबुराम शर्मा, रक्षा श्रेष्ठ निर्वाचित भएका छन् ।
अधिबेशनलाई युरोप लगायत बेल्जियममा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । गैरआवासिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले पर्बत समाजले छोटो समयमै बेल्जियममा र स्वदेशमा धेरै राम्रो काम गरेको बताए । उनले भने ‘संस्थाको कार्यलाई व्यक्तिगत रुपमा नभइ सामूहिक रुपमा अघि बढे सबैलाई फाइदा हुनेछ ।’
त्यस्तै नेपाली सम्पर्क समिति बेल्जियमकी अध्यक्ष सिता सापकोटाले बेल्जियममा धेरै नाम मात्रैको संस्था भएको बताए । उनले पर्बत समाजले केही राम्रो काम गरेर देखाउने आशा ब्यक्त गरिन् । प्रमुख अतिथि राजदुत लोक बहादुर थापा ,सामाजिक अभियानकर्ता, गैरआवासीय संघ अन्तराष्ट्रिय परिषद्का सचिब अर्जुन कुमार श्रेष्ठ, एन आर एन युरोप संयोजक कुल आचार्य, समाजसेवी शिशिर भट्ट ,संस्थापक अध्यक्ष मेख गुरुङ लगायतले सम्बोधन गरेका थिए ।