back

कविता : छोरो विदेशी भयो

वि.सं.२०८० माघ ६ शनिवार

1.1K 

shares
NTC AD
Global IME AD

रामशरण न्यौपाने, भक्तपुर

नेपाली घरबार नै सब भुल्यो संस्कार भुल्दै छ हो
रेलो नै धनको लगाउन भनी गम्केर फुल्दै छ त्यो
पत्नीमा पनि झन् विदेशतिरकै ल्याएर हुल्दै गयो
के पाल्ला घर फर्किएर जननी छोरो विदेशी भयो।।१

होम्यो जीवन लोभिएर धनमा दासत्व भित्रै अनि
माताको प्रिय मातृभूमिसितको भुल्दैछ नाता पनि
जोड्यो रे घर कार सो मुलुकमै माया उतैको रह्यो
के पाल्ला घर फर्किएर जननी छोरो विदेशी भयो।।२

किस्तामा घर कार पाउन गयो आफैँ बस्यो बन्धकी
दासी जीवन भोग्न बाध्य छ अरे बुझ्दैछु मैले गति
उम्केला कसरी परेछ पिँजरा पन्छी परे झैँ अहो!
के पाल्ला घर फर्किएर जननी छोरो विदेशी भयो।।३

पायो नाति र वर्णशङ्कर भयो आयो विदेशी पन
के नेपाल फिरेर पुज्छ बिचरो यो देशको नन्दन?
नेपाली पन धर्म कर्म मनमा के आज बाँकी रह्यो
के पाल्ला घर फर्किएर जननी छोरो विदेशी भयो।।४

घोटी हाड बुढो बडा कठिनले धान्दै गृहस्थी रथ
यात्रा जीवनको चलाउनु छ हो पैल्याउँदै त्यो पथ
उड्ला प्राण कहाँ पुगेर कसरी यौटै प्रतीक्षा छ हो
के पाल्ला घर फर्किएर जननी छोरो विदेशी भयो ।।५

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS llS lSl llS SSl SSl S

 

वि.सं.२०८० माघ ६ शनिवार ०७:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...