राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौँ
१.
नगरे पनि भ्रष्टाचार खान पाइन्छ
हात पाखुरा खियाएर आफ्नै लाइन्छ ।
२.
नेता सब भ्रष्टाचार गर्ने जनता रुवाउँदै
भोकभोकै बस्छन् गरिब यहाँ आँसु चुहाउँदै ।
३.
दुनियामा सदाचार भैदिए कोही दुःखी हुन्न
जस्तै लोभीले पनि पापको आर्जन पक्कै छुन्न ।
४.
पाप गर्नेको कमी छैन यहाँ सदाचारको नाम लिएर
बस्छ गरिब चुपचाप अनि आफ्नै झरेका आँसु पिएर ।
५.
सदाचारको राग अलाप्दै अत्याचार गर्ने धेरै पाइन्छ
नाम अनि इज्जत कमाउन आफ्नै मन बलियो चाहिन्छ ।
वि.सं.२०८० माघ ६ शनिवार ०७:५५ मा प्रकाशित






























