
अब ढुक्क भयो होला नेपाली जनतालाई स्थानीयतहको निर्वाचन हुन्छ कि हुन्न भन्ने दुविधा हट्यो होला । पहिलोचरणको उम्मेदवारी दर्ता समय समाप्त भएपछि अब प्रचण्डलाइ जतिसुकै धारे हात लगाए पनि लगाउनुस् ! उनी पम्साका भोका नहोलान प्रतिपक्षिहरुको तर ईतिहासता उनैले रच्दैछन, जतिसुकै नराम्रो ठाने पनि संघिय लोकतान्त्रिक गणतन्त्रको सत्तरी बर्से प्रयासमा उनले एउटा इटा थपे अनि राणाकाल देखिको सिंहदरबारको अधिकार जनताको घरआगन सम्म ल्याउन उनले निकै कस्ट गरे । हामीले जतिसुकै हत्यारा भनेप नि, जतिसुकै तनाशाहा भनेपनि उनको मुल्याङ्कन आज होइन भोली हुनेछ।
रैति र प्रजामा रमाउन पल्केका हामीहरुलाई अझैसम्म विश्वाश छैन नेपाली जनता र देशको लागि लेण्डुप दोर्जेको आरोप सहेर उनले सबै आरोपहरु बिर्सिएर आफ्नो गन्तब्य छाडिदिएको भए हामी खस ब्राम्हण, छेत्रीकाजी, जनजाती, मधेसी, दलित, महिला, जेष्ठ नागरिक, अपाङ्ग र पिछडिएका बर्गक्षेत्र, सबै धर्म एवम लैङ्गिक समानता प्राप्त गर्दैन्थ्यौ होला । हामीले डाँकाको सरदार भनिरहदा प्रचण्डले नेपाली जनताको मुक्तिको खातिर लड्दै गरे । टाउकाको मोल तोक्दा पनि उनि जनताको स्वतन्त्रताको खातिर डटीरहे, आज उनले देखाएको बाटो हामीलाई मन नपरे पनि हाम्रो मुक्तिको बाटो खोलिदिए, हामी त्यति अनुग्रहित छैनौ, अझै पनि नरायणहिटि हत्याकाण्ड र मदन भण्डारीको हत्या प्रति नतमस्तक हुँदै उतैको शिरपाउ झुकाउदैछौ ।
राष्ट्रियताका चर्का कुरा र अन्ध राष्ट्रवादको नारा त बरु प्रचण्डले हिजो दिएकै हुन । नारा दिनु एउटा कुरा हो काम गर्नु अर्को कुरा हो । यो देशमा गिरिजाप्रसाद र प्रचण्ड त्यसपछि, एमालेका बामदेव गौतम हुँदैनथे भने अहिले हामीले उपभोग गर्न आटेको जनसत्ता जनतालाई प्राप्त हुने थिएन । इतिहासलाइ बिर्सिएर महाराजाको जयजयकार गर्ने बानी परेका हामीले अग्रगामी व्यवस्था बुझ्न केही समय कुर्नै पर्ने भएको छ । तपाईं आफ्नो मत जहाँ पनि जाहेर गर्न सक्नुहुन्छ, प्रचण्डको पार्टिलाई मतदान नगरनु बरु इतिहासलाइ तोडमोड गर्ने र ढाट्छलको राजनीति नगरनुस् । प्रचण्डले मात्रै राजनीतिक अपराध गरेका छैनन, एमाले, काङ्ग्रेसले पनि अपराध गरेका हुन, त्यो भन्दा बढी अपराध राणाहरु र राजावादिहरुले आपराधिक पर्वहरु घटाएर गरेको ईतिहास जिवित छ।
अब इतिहासको एउटा चरण पार गरिरहदा फेरी फोहरी राजनीति गर्यौ भने मुलुकको समुन्नती र सम्ब्रिद्धिको भविश्य छुट्न सक्छ । त्यसैले अब एक आपसमा गाली गलौज गर्ने होइन, निर्वाचनकै समयमा पनि सौहाद्रतापूर्ण प्रतिस्पर्धा गर्नुपर्छ । आफुलाई लोकतान्त्रिक भन्ने हो भने अरुलाई होच्याएर कुरा गर्ने होइन, हिजोको के थियो सबैलाई थाहा छ । अब के गर्ने भनेर पो लाग्नुपर्छ, भर्खरै जन्मदै गरेका राजनीतिक छाउराहरु समेत रिसइबी साध्ने पार्टिको रुपमा मात्रै प्रस्तुत हुँदा नयाँ पुस्तालाइ लाज लाग्दैछ । जनताले आशा भरोशा गर्लान भनेको त पुरानै राजनीतिक दलहरुको जस्तै शैली र चरित्रधारणा गर्नु नया शक्ती, विवेकशिल या साझा पार्टिहरुलाई सुहाउदैन, जुनकुरा राजनीतिक सन्स्कारमा परिवर्तित हुनुपर्दथ्यो त्यो देखापरेको छैन।
यसपालिको प्रचण्डको घोषणा हामी सबैले सुनेकै हौकि निर्वाचनमा माओवादिले नजित्ला तर मुलुकले जित्दैछ, उनि त्यसैमा खुशी छन।तर नयाँ राजनीतिक दल बनाउदै गरेका हामीहरु फेरि पुरानै राजनीतिक दलको जस्तै पद्धती र सन्स्कृतिमा किन जान चाहेका छौ ? मेरो यो प्रश्नको उत्तर डा बाबुराम भट्टराई, रविन्द्र मिस्र र रन्जु दर्शनाले दिन सक्नुपर्छ। भोलिको पु स्ताका राजनीति गर्दै रहेको नाटक मन्चन होइन भने अलिकति लचकता, शालिनता र दुरद्रिस्टिमा कमी नआओस । आखिर भविश्य पुरानो पुस्ता र पुराना पार्टिहरुको छैन, तपाईंहरु जस्तै नयाँ दृष्टि र मिशन भएकाहरु कै छ, त्यो घाम जत्तिकै छर्लङ्ग छ । तपाईंहरु उस्तै उस्तै लाग्ने बिचमा किन कार्यगत एकता सम्म हुन सकेन ? यो प्रश्नको उत्तर तत्काल दिनुपर्दैन, तर यो पनि याद गर्नुहोला केजरिवाल आए गए भने जस्तै तपाईंहरु नहुनु होला यही कामना छ । देशको शासन सत्ता बदल्ने तपाईंहरुको ब्यवस्थित योजनामा हाम्रो जनमत सधैं तपाईंहरु सङ्ग हुनेछ । धन्यवाद
(लेखक प्रेसस्वतन्त्रता सेनानी हुन )