back
CTIZAN AD

गाजा हमलामा २१ इजरायली सैनिकको मृत्यु : सेना

वि.सं.२०८० माघ ९ मंगलवार

1.2K 

shares

जेरुसेलम । इजरायली सेनाले मङ्गलबार मध्ये गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको जनाएको छ ।

एक पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले सैनिकहरूले दुई भवनहरू ध्वस्त पार्न विस्फोटक तयारी गरिरहेको बताउनु भएको छ । आतङ्ककारीहरूले सोमबार नजिकैको ट्याङ्कमा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरे पछि समय अगावै विस्फोट निम्त्यायो जसको परिणामस्वरूप भवनहरू ढले सैनिकहरू भित्र तथा नजिकै थिए ।
सेनाले एक विज्ञप्तिमा दुर्घटनामा पर्नेहरु २२ – ३७ वर्ष उमेरका रिजर्भ सैनिकहरू भएको बताएको छ ।

यो घटना अक्टोबर सातमा गाजामा हमास विरुद्धको युद्ध सुरु भएपछिको इजरायली सेनामाथि भएको सबैभन्दा घातक एकल आक्रमण हो । (रासस/सिन्ह्वा)

वि.सं.२०८० माघ ९ मंगलवार १७:१५ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...