back

विभिन्न प्रदेशका सरकारी विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्दै माछापुच्छ्रे बैंक

वि.सं.२०८० माघ १० बुधवार

531 

shares
NTC AD
Global IME AD

 

काठमाडौं । माछापुच्छ्रे बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयहरुको पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो ।

बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न सहयोग गर्ने भएको छ । बैंकले यी दुबै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

त्यस्तै, बैंकले बाग्मती प्रदेशको काठमाडौं महानगर पालिका वडा नं. ४ लम्टङ्गीन स्थित पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।

विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त दुई सरकारी विद्यालयहरुको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको हो ।

२८९ जना विद्यार्थी एंव १८ जना शिक्षक÷कर्मचारी कार्यरत त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएको छ ।

साथै १८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक÷कर्मचारी कार्यरत शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था नाजुक रहेको हुँदा विद्यार्थी एंव शिक्षकहरुले समस्या भोगिरहेका बैंकले जानकारी गराएको छ ।

वि.सं.२०८० माघ १० बुधवार १३:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण

परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को...

शिक्षालयका विद्यार्थीको मूख्य उत्पादन च्याउ र मह

शिक्षालयका विद्यार्थीको मूख्य उत्पादन च्याउ र मह

गलेश्वर (म्याग्दी) । म्याग्दीको मालिका गाउँपालिका-७ बिमस्थित किसानी कृषि प्राविधिक...

विद्यार्थीलाई आवश्यक सामान विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने महानगरको चेतावनी

विद्यार्थीलाई आवश्यक सामान विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१...

चौँरीदेउरालीका २५ विद्यालय बन्द

चौँरीदेउरालीका २५ विद्यालय बन्द

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल...

सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...