back

स्वास्थ्य बीमाको पहुँच बढाउन आवश्यक

वि.सं.२०८० माघ १० बुधवार

540 

shares
RBB AD
NTC AD

मनहरी (मकवानपुर) । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य बीमाको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । आज हेटौँडामा आयोजित स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेशस्तरीय समीक्षा गोष्ठीमा बीमाको पहुँच बढाउँदै बीमितको उपचार तत्काल गर्ने गरी व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

बीमा गरेका नागरिकलाई सबै प्रकारका उपचार सेवा र औषधी सहज रुपमा निःशुल्क उपलब्ध गराउनुपर्ने उनकोे भनाइ थियो । उनले सबै पक्षको सकारात्मक पहलबाट स्वास्थ्य बीमा कार्यान्वयन प्रभावकारी हुने बताए ।

बीमाको प्रथम सेवा विन्दु नगर अस्पताल बनाएर अघि बढ्दा कार्यक्रम थप प्रभावकारी हुने भएकाले त्यसतर्फ प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । बीमामार्फत प्राप्त हुने औषधीको गुणस्तर कायम गर्ने र सहज रुपमा औषधी पाउने व्यवस्था बनाउन आवश्यक रहेको मन्त्री जोशीको भनाइ थियो ।

तीन वटै तहका स्वास्थ्यसम्बन्धी संरचना र स्वास्थ्य चौकीसँग जोडिएर काम गर्दा उपयुक्त हुने र बीमालाई नागरिकसँग जोड्ने काममा सहजता प्रदान गर्न स्वास्थ्य कार्यालयसँग मिलेर काम गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले देशभरमा ७५ लाख नागरिक बीमामा आबद्ध रहेको बताउँदै बोर्डको उद्देश्य प्राप्तिका लागि प्रदेश र स्थानीय तहका संरचनाहरु पनि तयार गरिएको बताए ।

वि.सं.२०८० माघ १० बुधवार १४:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि...

चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के...

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

काठमाडौँ । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव...

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अन्तराष्टियस्तरको महासमिति बनाउन...

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...