कुवेत नेपाली एकता समाजे भव्य रुपमा मजदुर दिवस मनाउने भएको छ । संसारभर छरिएर रहेका मजदुर र सर्वहारावर्गलाई एकताबद्ध बनाउने हेतुले २०१४ मा स्थापना गरिएको अन्तर्राष्ट्रिय एकता समाजको कुवेत शाखा कुवेत नेपाली एकता समाजले यहि आउँदो मे ५ गते शुक्रबारका दिन अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरेको हो ।
सो कार्यक्रममा स्थानिय रक्तिम परिवारद्वारा विशेष रक्तिम सांस्कृत्तिक कार्यक्रम प्रस्तुत गरिने कुरा कुवेत नेपाली एकता समाजका महासचिव खुम रायमाझीले बताउनु भयो ।
साथै सम्पूर्ण मजदुरवर्गलाई समेटिएर राखिएको कार्यक्रममा कुवेतमा क्रियाशिल सम्पूर्ण संघसंस्था, बुद्धिजिवी, समाजसेवी, पत्रकार र खेलाडीहरुलाई पत्राचार गरिसकिएको छ । यदि कारणवश प्राप्त नभइसकेको भए पनि यसै सुचनालाई आधार मानी उपस्थित भइदिनु हुनको लागि यस संगठनका अध्यक्ष निम बुढा मगरले अनुरोध गर्नु भएको छ ।
स्थानः ब्लक ४ रोड नं १० रिदम हल,
अव्वासिया अप्सरा वजारको नजिकै
समयः अपरान्ह ठिक १ः०० वजे