Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

चन्द्रागिरी नगरपालिका मेयरमा निलकण्ठको उम्मेदवारी



nilkantha2२० बैशाख, काठमाडौं । चन्द्रागिरी नगरपालिकाको मेयरमा ‘आम नेपाली पार्टी’का अध्यक्ष निलकण्ठ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  देशको विकास निर्माण कार्यमा बालबालिका, महिला र अपांगहरुलाई सँगै नलगेसम्म दिगो विकास नहुने बताउने पौडेलले बाटोमा निर्धक्कसँग सेतो छडी लिएर हिँड्ने अनि ह्विलचियर लिएर आरामले हिँड्ने संरचनाको परिकल्पना गरेको बताउँछन् ।

२० जिल्लामा शाखा स्थापना भएको बताउने पौडेलले नेपालमा राष्ट्रिय अपांगता कोष स्थापनाको योजना बनाएका छन् । अपांगता भएकालाई राजनीतिक अधिकार दिन संविधानले ग्यारेन्टी गरे पनि राज्यले आफ्नो सहभागीता नस्विकारेको उनको गुनासो छ ।

‘सरकारले दिगो विकासका लागि स्थानीय निकायको चुनावमा अपांगहरुलाई पनि अवसर दिनुपर्छ ।’ पौडेल भन्छन ‘राजनीतिक दलले ‘युज एन्ड थ्रो’ गरेको तीतो अनुभव छ । चुनावको समयमा घरैबाट उठाएर जुस खुवाउँदै लैजान्थे, भोट खसालेपछि लगेकै ठाउँमा छोडेर भाग्ने गरेको । अपांग भएका व्यक्तिहरूले पनि अरूका लागि सोच्न र गर्न सक्छन भन्ने सन्देश दिन सकिन्छ भन्ने उद्धेश्यले ‘आम नेपाली पार्टी’ स्थापना गर्नुपरेको हो ।’

२०६४ सालमा डिग्री गरेका पौडेलले बुटवलको न्यु होराइजन कलेजबाट स्नातक गरेका हुन् ।

यस्ता छन पौडेलको घोषणापत्रमा चन्द्रागिरी नगरपालिकालाई समृद्ध बनाउने योजनाहरु
–नगर भित्रका ६५ ईटा कारखाना र अन्य प्रदूषण निकाल्ने कारखाना उपत्यका वाहिर सारिने छ ।
–मातातिर्थको पानीको मुहान सुरक्षित गर्न नजिकका घरहरू विस्थापित गरी वृक्षारोपण गरिनेछ ।
–नेवार समुदायको सात गाउँले जात्रालाई बजेट बृद्धि गरिनेछ ।
–सडक, पानी, लगायतको सुविधा घर–घरमा पुर्याइनेछ ।
–नगर कर बृद्धि गरिनेछ ।
–एक घर एक रूख, १० घर एक खुला क्षेत्र बनाइने छ ।
लगायत ६० बुँदा रहेको पौडेलले बताएका छन् । पौडेलको चुनाव चिह्न ह्वील चियर रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्