Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

मोटरसाइकल दुर्घटनामा राजकुमारको मृत्यु



२० वैशाख,दमौली। तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रेमा हिजोराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडी बस्ने व्यक्ति गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा साविक केशवटार गाविस– ७ का २२ वर्षीय राजकुमार आले रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।

गम्भीर घाइते भएका आलेको लक्ष्मी अस्पताल डुम्रेमा उपचार हँुदाहँुदै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बस्ने घाइते २० वर्षीय सुमेश श्रेष्ठको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

आबुखैरेनीबाट डुम्रे आउँदै गरेको वा ५८ प ४२६७ नं को मोटरसाइकल सडकमा हिँडिरहेको कुकुरसँग एक्कासि ठोक्किँदा अनियन्त्रित भई मोटरसाइकल नालामा पल्टिएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको