सुनसरी । आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको आरोपमा छोरा २१ वर्षीय चिबु रिसिदेव पक्राउ परेका हुन् ।
घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले चिबुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
फाइल फाेटाे
वि.सं.२०८० माघ १६ मंगलवार १२:५३ मा प्रकाशित





























