back

डा.विष्ट भन्छन्–यसकारण गाह्रो हुन्छ दमका रोगीलाई जाडोमा !

वि.सं.२०८० माघ १६ मंगलवार

414 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

जाडोको महिना आउने वित्तिकै ज्येष्ठ नागरिक तथा दमको रोगीहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी लिइरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म ९तीन महिना० अत्यन्त समस्या हुनुलाई घरभित्रको वातावरण पनि एक मुख्य कारण रहेको बताउँछन् डा। परशुराम विष्ट ।

चिसोबाट बच्न घरका झ्याल ढोका बन्द गरेर बस्दा हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन नसक्ने र अक्सिजन पनि पाउन नसकिने हुनाले विशेषत दमको रोग भएकाहरुलाई गाह्रो उनको भनाई छ । जाडो भयो चिसो भयो भन्दैमा कतैबाट पनि हावा आउन नमिल्ने गरी झ्याल ढोका बन्द गरेर बस्नु राम्रो हुँदैन । यसो गर्दा अक्सिजनको मात्रा घट्ने र कार्वनडाइअसाइडको मात्रा बढ्ने हुनाले दमका समस्या भएकालाई बढी समस्या हुने नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट रहेका डा।विष्ट भन्छन् ।

सिओपिडी अर्थात् क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज र बालबालिकामा हुने तारन्तारको रुघाखोकी र घ्यारघ्यार दम नभएको उनी भन्छन् । ’सबै क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम नहुन सक्छन् । दम भनेर उपचार गर्नुपूर्व चिकित्सकसँग सल्लाह लिएर डायग्नोसिस गराउनु अपरिहार्य छ ।’

डा् विष्टका अनुसार स्वासनली साँघुरिँदै र स्वासप्रस्वासको काम गर्ने फोक्सोमा रहेको एल्बेलाई जहाँ हावा रहने र जाने गर्दछ । त्यसको जीनहरु नष्ट भएर फोक्सो दिर्घकालिन रुपमा फुल्ने कारणले दम हुन्छ ।

लमो समयसम्म स्वास फेर्न गाह्रो हुने, लगातार खकार आइरहने, खोकी लागि रहने भएमा दम भएको मान्न सकिन्छ । यसको सुरुवाती अवस्थालाई क्रोनिक ब्रोन्क्राइटिस स्टेज भनिन्छ । बढी मात्रामा धुम्रपान गर्ने, दाउरा गुईठा प्रयोग गर्ने, धुलो तथा धुँवा र प्रदुषणमा काम गर्नेहरुलाई दम हुने संभावना बढी हुन्छ ।

त्यस्तै बाल्यवस्थामा धेरै पटक इन्फेक्सन भएर तारन्तार निमोनिया हुनेहरुलाई पछि गएर सिओपिडीको जोखिम भएकाले बाल रोग विशेषज्ञबाट बालबालिकाहरुको उपचार गर्नुपर्ने डा। विस्टको सुझाव छ ।

बालबालिकामा हुने दमलाई आस्थ्मा भनिन्छ । यो चुरोटसँग सम्बन्धीत हुँदैन । सामान्य अवस्थामा भाइरल इन्फेक्सनहरुको कारणले गर्दा दमजस्तै लक्षण देखापर्न सक्छ । बालबालिकामा हुने एलर्जीका कारणले ब्रोन्केल आस्थमा हुन्छ । ’उपचार गरिसकेपछि पुनः केही समयपछि तारन्तार दोहोरिने भयो भने दम भयो कि भन्न सकिन्छ ।

वाल्यवस्था देखिने सिओपिडी उपचार पछि निको पार्न सकिन्छ । तर, ४० वर्ष माथि पुगेपछि देखिने सिओपिडीहरु निको नहुन सक्छ । पहिला दम भएको होकी हैन खुट्याएर मात्र उपचार थाल्नु पर्दछ । सामान्य अवस्थामै दम भयो भन्दैमा चिकित्सकको सल्लाह विना जथाभावी औषधीहरु खानु हुँदैन । अत्यधिक धुम्रपान गर्ने, दाउरा गुईंठाहरु प्रयोग गर्ने, धुलो धुँवा लगायत प्रदुषणमा काम गर्नेहरुलाई बढी मात्रामा सिओपिडी हुनसक्छ । तारन्तार स्वास बढ्ने, रुघा खोकी लाग्ने, उकालो हिँड्न नसक्ने, सामान्य काम पनि गर्न नसक्ने भयो भने दमको शंका गर्न सकिन्छ ।

मुटुको कारण पनि हुन सक्छ दम
त्यस्तै डा। विस्टका अनुसार मुटुको कारणले पनि दम हुन सक्छ । दमका रोगीहरुलाई हृदयघात भएर मृत्यु समेत हुने जोखिम रहन्छ । बाल्यकालमा पटकपटक निमोनिया भएर छाती खराब भएका, टिवी भएकालाई दम हुन सक्छ । वंशाणुगत रुपमा पनि दम हुने संभावना छ तर, नेपालका त्यसको मात्रा एकदमै न्यून रहेको छ । ’सामान्यता एक्सरे, इसिजीहरु गरेर अरु रोगहरु छ छैन पहिचान गरेपछि पिएफटी ९पल्मोनरी फङ्सन टेस्ट० गरेपछि मात्र दम हो हैन पत्ता लाग्छ । नेपाल मेडिकल कलेजमा पिएफटी सेवा उपलब्ध छ ।’ डा। विस्ट भन्छन् ।

दम निको नभए पनि नियन्त्रण गर्न सकिन्छ
रोटाक्याप र मिटरडोज इन्हेलर जस्ता औषधीले दम रोगलाई नियन्त्रण गर्छ तर, निको भने हुँदैन । धुम्रपान छोड्नु पर्छ, धुँवाधुलोबाट टाढा बस्नुपर्छ । यसो गर्दा बिरामीको आयु बढ्ने र दमको चाप कम गर्न सकिन्छ । पर्याप्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ । जाडो मौसम सुरु हुन अगाडी निमोनिया हुन नदिन भ्याक्सिनहरु लगाउनु पर्छ ।

जथाभावी अक्सिजन नलगाउन सुझाव
प्रायः दमका पुराना रोगीहरुलाई अक्सिजन लगाउनु पर्छ । तर, चिकित्सकको सल्लाह विना जथाभावी अक्सिजन लगाउन नहुने डा। विष्टको सुझाव छ । शरीरमा अक्सिजनको मात्र कति छ जाँच्नु पर्छ । ’हाम्रो शरीरमा अक्सिजनको मात्रा ९६,९८ स्याचुरेशन हुन्छ । तर, दम भएकाहरुमा फोक्सो नष्ट हुँदै जाँदा अक्सिजन भित्र गएपनि फोक्सोबाट रक्तनलीमा राम्ररी अक्सिजन नजाँदा अक्सिजनको मात्र कम हुन्छ । ८८ स्याचुरेशन भन्दा कम अक्सिजन देखिए अक्सिजन लगाउनु पर्छ ।’

त्यस्तै उनले मुटुको रक्तनलीमा प्रेसर बढेको, मुटुको दाहिने भाग सुन्निएकाहरुलाई अक्सिजनको मात्र ८८ देखि ९२ भएपनि अक्सिजन लगाउनु पर्ने बताए । कहिलेकाँही भाइरल इन्फेक्सनका कारण फोक्सोमा पानी जमेको हुन्छ । रक्तनलीमा रगतका टुक्रा जम्ने, फोक्सो फुट्ने जोखिम समेत हुन्छ । कहिले काँही कार्वनडाइअक्साइड बढ्ने, अक्सिजन घट्ने अवस्था पनि हुन्छ । त्यस्ता बिरामीलाई बाइप्याक लगाएर बिरामीलाई भेन्टिलेटर सम्म पुर्याउन रोक्न सकिन्छ ।

नेपाल मेडिकल कलेजमा यी सबै सेवाहरु उपलब्ध रहेको बताउँछन् डा। विष्ट । ’भेन्टिलेटरमा पुगेका बिरामीहरुलाई पनि हामीले उपचार गरी बचाएका छौं । भेन्टिलेटरमा पुगेका बिरामीहरुलाई बचाउन सकिँदैन भन्ने भ्रम हटाउन आवश्यक छ ।’ डा। विष्ट भन्छन् ।

 

 

वि.सं.२०८० माघ १६ मंगलवार १५:५२ मा प्रकाशित

कामपाद्वारा ४१ अस्पतालमा निःशुल्क उपचार सेवा

कामपाद्वारा ४१ अस्पतालमा निःशुल्क उपचार सेवा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका ४१ वटा अस्पतालमा निःशुल्क...

क्यान्सरपछि पनि जीवन सहज र सफल बनाउन सकिन्छ

क्यान्सरपछि पनि जीवन सहज र सफल बनाउन सकिन्छ

काठमाडौँ । नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ । नेपालमा...

क्यान्सर के हो ? के-के हुन् यसका लक्षणहरु ?

क्यान्सर के हो ? के-के हुन् यसका लक्षणहरु ?

काठमाडौँ । गुल्मी–तम्घास घर भएका रामकृष्ण देब्रे घाँटीमा घाडो आएपछि...

आज विश्व अर्बुद रोग दिवस मनाइँदै

आज विश्व अर्बुद रोग दिवस मनाइँदै

काठमाडौँ । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक...

बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

बाजुरा । जिल्लाको पूर्वी-उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल...

एकीकृत घुम्ती शिविर सञ्चालन

एकीकृत घुम्ती शिविर सञ्चालन

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत...