back
CTIZAN AD

वन विज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव

वि.सं.२०८० माघ १६ मंगलवार

1K 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वन विज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्री अभाव रहेको छ ।

विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक सामग्री जुटाउन नसकिएको हो । विद्यार्थिलाई सैद्धान्तिक ज्ञान दिने कार्य भइरहे पनि प्रयोगात्मक सामग्रीको अभाव रहेको विद्यालयका प्रशिक्षक शिक्षक पुष्कर ऐरले बताए । “ प्रयोगात्मक सामग्री अभाव हुँदा विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने कार्यमा अप्ठेरो परिरहेको छ”, उनले भने, “निकै लामो समयदेखि माग गर्दै आए पनि व्यवस्था हुन सकेको छैन ।”

उनका अनुसार विद्यार्थीलाई प्रयोगात्मक कार्य सिकाउनका लागि रेन गेज, साभेल, माइक्रोस्कोप, ओभन, क्लिनोमिटर, चेनस, पोलि हाउस, चेन, ट्री क्यालिपर, डाइमिटर टेप, स्पिडो मिटर, स्पिडे, स्नोभेल, वाइनाकुलरलगायत सामग्री अभाव रहेको छ । विद्यालयसँग फाउडा, कोदालो, स्मार्ट बोर्ड, बन्चरोलगायत सामग्री भए पनि ती पनि पर्याप्त मात्रामा नरहेको उनले बताए । सामग्री अभाव भएपछि विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध आउन थालेको उनको बुझाइ रहेको छ ।

नगरपालिका कार्यालयसँग अभाव रहेका सामग्रीको व्यवस्था गरिदिनका लागि माग गरिँदै आए पनि उपलब्ध हुन नसकेको विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर ऐरले बताए । “विद्यालयसँग सिमिति साधन स्रोत छ”, उनले भने, “आन्तरिक आम्दानी छैन, अभाव भएका सामग्रीका लागि नगरपालिकालाई गुहार्दै आएका छौँ”, उनले भने, “सामग्री उपलब्ध गराउने अश्वासन पाइने गरे पनि हालसम्म उपलब्ध भने भएका छैनन् ।”

विसं २०७६ देखि तीनवर्षे वन विज्ञान कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत वन विज्ञानमा भर्ना भएर ३१ छात्र र २५ छात्रा अध्ययन गर्दै आएका छन् । विद्यालयमा वन विज्ञान पढ्ने विद्यार्थीका लागि भौतिक पूर्वाधार भने पर्याप्त रहेको छ । छात्र र छात्राका लागि सुविधा सम्पन्न छुट्टाछुट्टै छात्रावास रहेका छन् । छात्रवासका प्रत्येक कोठामा बाथरुम तथा ट्वाइलेटको व्यवस्था रहेको छ । छात्रावासमा ११ छात्र र सात छात्रा बसेर अध्ययन गर्दै आएका छन् । विद्यालयको छुट्टै ब्लकका तीन कोठामा पठनपाठनको कार्य हँुदै आएको छ ।

 

वि.सं.२०८० माघ १६ मंगलवार १६:१२ मा प्रकाशित

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...