back

सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेकाका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड

वि.सं.२०८० माघ १७ बुधवार

495 

shares
NTC AD
Global IME AD

 

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार यस निष्काशनमा कुल ३३ हजार ८ सय २४ जनाको आवेदन परेको थियो । जस मध्ये १४ जनाको आवेदन रद्द भएको र कुल ३३ हजार ८ सय १० जना मात्र शेयर पाउन योग्य रहेका थिए । माग भन्दा बढीको आवेदन परेकोलेगोलाप्रथबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ५ हजार ३ सय ४० जनाले ५० कित्ताको दरले शेयर पाएका छन् ।

सर्वोत्तम सिमेन्टले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो । बुक विल्डिंगको नियममा नै न्युनतम ५० कित्ता शेयर बाँडफाँड गर्नु पर्ने व्यवस्था रहेकोले गोलाप्रथाबाट न्युनतम ५० कित्ता शेयर पर्ने गरि बाँडफाँड गरिएको हो । आईपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, मेरोशेयर र सिडीएसले आईपीओ नतिजाको लागि संचालक गरेको वेबसाइटबाट हेर्न सकिन्छ ।

कम्पनीले पुस २५ गते देखि माघ १९ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले प्रति शेयर ३६० रुपैयाँ ९० पैसा मा शेयर निष्काशन गरेको हो ।

वि.सं.२०८० माघ १७ बुधवार ११:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आईपिओ निष्काशन गर्दै दुई कम्पनी

आईपिओ निष्काशन गर्दै दुई कम्पनी

काठमाडौं । दुई कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ ।...

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

साताको पहिलो दिन नै दाहोरो अङ्कले घट्यो नेप्से, तीन अर्ब बढीको कारोबार

साताको पहिलो दिन नै दाहोरो अङ्कले घट्यो नेप्से, तीन अर्ब बढीको कारोबार

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...