Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

जनकपुर अञ्चल अस्पतालमा मुटु रोगको उपचार सेवा पाइने



२० वैशाख,काठमाडौँँ  । राजधानी बाहिर पनि विशेषज्ञ उपचार सेवा विस्तार गर्ने सिलसिलामा अब स्वास्थ्य मन्त्रालयले जनकपुर अञ्चल अस्पतालबाट मुटु रोगको उपचार सुरु गर्ने भएको छ ।

मन्त्रालयको रोहबरमा मङ्गलबार सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र जनकपुर अञ्चल अस्पतालबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा अस्पताललाई प्रविधि र विशेषज्ञसहितको ज्ञानसीप गङ्गालालले दिने र मन्त्रालयले त्यसका लागि सम्पूर्ण आर्थिक सहयोग गर्ने उल्लेख गरिएको छ ।

चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले १० वर्षका लागि सम्झौता गरिएको र त्यसपछि भने अस्पताल आत्मनिर्भर भई सेवालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – “तत्कालका लागि रु १० करोड सहयोग गरी उपचार सुरु गरिने र आवश्यकताअनुसारका अन्य क्याथ ल्याबलगायतका उपकरण जुटाउन सहयोग गर्नेछ । मुटुको जुनसुकै समस्याको उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्न राजधानी बाहिर विशेषज्ञ सेवा दिन लागिएको हो । त्यहाँ शल्यक्रियाबाहेकका सबै उपचार हुन्छ ।”

दुई महिनाअघिदेखि भेरी अञ्चल अस्पताल नेपालगन्जमा पनि यस्तो सेवा दिन थालिसकेको छ । त्यहाँ एक जना मुटु रोग विशेषज्ञसहितको सेवा सुरु गरिएको उपसचिव लामिछानेले जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

नवलपुर । नवलपुरको मुकाम कावासोतीमा पर्वतेलीहरुको गतिबिधि बढ्दै गएको छ । गत असार ४