back

‘डिजे म्याग टप १००’को नोमिनेसनमा नेपालको क्लव प्लाटिनम

वि.सं.२०८० माघ १७ बुधवार

246 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र चर्चित क्लब प्लाटिनम ‘डीजे म्याग टप १००’का लागि मनोनयनमा परेको छ । योसँगै क्लब प्लेटिनम विश्वको सबैभन्दा ठूलो क्लब प्लेटफर्ममा सन् २०२४ का लागि नेपालको प्रतिनिधित्व गर्ने क्लब बनेको छ ।

जहाँ विभिन्न देश र महादेशका नाइट क्लबहरू सहभागी हुन्छन् । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा काठमाडौंको दरबारमार्गमा रहेको क्लव प्लाटिनम परेको हो ।

हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्दै आएको डिजे म्यागको सन् २०२४ का लागि टप १०० का लागि क्लव प्लाटिनम मनोनयनमा परेको हो ।

सन् २०२० मा स्थापना भएको क्लव प्लाटिनमले अन्तर्राष्ट्रिय मापदण्ड समेत पूरा गरेको छ । जसका कारण पनि उक्त सूचीमा क्लव प्लाटिनममा परेको हो ।

नेपालकै सबैभन्दा ठूलो क्लब प्लाटिनमको क्षमता एक हजार ८०० देखि दुई हजार जनासम्म रहेको क्लवका सञ्चालक सञ्जय तामाङ बताउँछन् । उनले भने,‘क्लव प्लाटिनम लोकप्रिय र प्रिमियम नाइट क्लबहरू मध्ये एक हो जसले साप्ताहिक डाटा बेसमा कार्यक्रमहरू गर्दै आएको छ ।’

क्लव प्लाटिनमले रात्रिकालिन व्यवसाय सञ्चालन गरेर आन्तरिक र बाह्य पर्यटकको प्रवर्द्धनसँगसँगै एकातिर देशमा रोजगारीको सृजना गरेको छ भने अर्कोतिर आर्थिक क्षेत्रमा पनि टेवा पुर्याएको सञ्चालक तामाङ दावी गर्छन् ।

क्लवका सञ्चालक तामाङले क्लव प्लाटिनमले अब नेपालको नाम विश्वभर चिनाउने भन्दै डिजे म्याग टप १०० को छनौटका लागि भोट गर्न अपिल गरेका छन् ।

वि.सं.२०८० माघ १७ बुधवार १२:२० मा प्रकाशित

माओवादीले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने

माओवादीले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा...

उपमहासचिव शर्माद्वारा कार्यविभाजनप्रति असहमति प्रकट

उपमहासचिव शर्माद्वारा कार्यविभाजनप्रति असहमति प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले...

एमाले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ : अध्यक्ष ओली

एमाले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ : अध्यक्ष ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको...

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय...

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध...