back

पूर्वमन्त्री पौडेलको दुर्घटनामा निधन

वि.सं.२०८० माघ १७ बुधवार

480 

shares
RBB AD
NTC AD

चितवन । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी उनकोे निधन भएको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४६प ७७५९ नं को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कँर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते उनकोे उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । भरतपुर महानगरपालिका–१७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।

नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी छिन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार पौडेल विद्यार्थी राजनीति गर्दै पार्टीको राजनीतिमा आएका थिए । विसं २०३६ मा उनी विद्यार्थी नेता हुँदै गर्दा वनारसबाट बिपी कोइरालाको सन्देश लिएर नेपाल आउथे । नेता पौडेलले साविक चितवन क्षेत्र नं ४ को दुई पटक क्षेत्रीय सभापति भएर काम गर्नु भएको थियो । उनकोे निधनमा नेपाली कांग्रेस चितवनले दुःख व्यक्त गरेको छ ।

 

वि.सं.२०८० माघ १७ बुधवार १६:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ । असारको पहिलो हप्ता भएको हुँदा...

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...

द्वन्द्वमा बलात्कृत महिलाहरूको स्वास्थ्य अवस्था भयावह 

द्वन्द्वमा बलात्कृत महिलाहरूको स्वास्थ्य अवस्था भयावह 

काठमाडौँ । द्वन्द्वमा बलात्कारपीडित महिलाहरूको स्वास्थ्य अवस्था भयावह देखिएको छ...

कालिका मन्दिर : जेठ महिनामा सबैभन्दा कम भेटी सङ्कलन

कालिका मन्दिर : जेठ महिनामा सबैभन्दा कम भेटी सङ्कलन

गलकोट (बागलुङ) । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती...