back
CTIZAN AD

बन्दीपुरमा बजेटका योजना वडाबाटै सम्झौता

वि.सं.२०८० माघ १८ बिहीवार

957 

shares

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकाले वडा वडाबाटै योजना सम्झौता गरी सेवा प्रवाह गर्न थालेको छ ।

चालु आर्थिक वर्षदेखि योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका कार्यालयसम्म धाउन नपर्नेगरी सेवा दिएको हो । गाउँपालिकाले रु १० लाखसम्मका बजेटका योजना उपभोक्ता समितिमार्फत वडामै सम्झौता गर्ने व्यवस्था मिलाएको हो । करिब दुई सय योजनामध्ये एक सय तीस योजना सम्झौता गरी निर्माणको चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिका मातहत रहेका छवटै वडामा उपभोक्ता समिति गठन गरी योजना सम्झौता कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले जानकारी दिए । योजनाको अनुमानित लागत गरी सम्झौताको प्रक्रिया कार्यान्वयनमा लगिएको छ । उपभोक्ता समितिलाई गाउँपालिका कार्यालयसम्म आउन नपर्ने गरी काम गर्ने वातावरण मिलाइएको उनले बताए ।

स-साना योजना सम्झौताका लागि पनि उपभोक्ता समितिका पदाधिकारीलाई गाउँपालिका कार्यालयसम्म धाउनुपर्दा कठिनाइ भोग्नुपरेको थियो ।

गाउँपालिका आउँदा खर्च, झन्झट र सास्ती खेप्नुपरेकाले त्यसलाई मध्यनजर गर्दै यस प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताए । वडा कार्यालयलाई थप जिम्मेवार र उपभोक्ता समितिलाई चलायमान बनाउने उद्देश्यअनुरुप यस किसिमको अभियानको सुरुआत गरेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

रु तीन लाखसम्मको योजनाको वडा कार्यालयका वडाध्यक्ष अनुगमन गर्ने अधिकार प्रदान गरिएको छ । अध्यक्ष थापाले भने, “प्रत्येक वडामा एक जनाका दरले प्राविधिक कर्मचारीसमेत खटाइएको छ ।” तीन लाखभन्दा बढीको योजनाको गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा बनेको गाउँपालिकास्तरीय अनुगमन समितिले अनुगमन गर्न अधिकार प्रदान गरिएको छ । गाउँपालिकाले रु १० लाखसम्मको योजना वडामै सम्झौता गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
रासस फाइल फोटो

वि.सं.२०८० माघ १८ बिहीवार ०७:४५ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...