काठमाडौं । योजना आयोगको सदस्यमा उमा शंकर प्रसाद नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को विहीबारको बैठकले आयोगको रिक्त सदस्य पदमा उमा शंकरलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार सोहि बैठकले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ ।
निगमका संचालक समिति सदस्य समेत रहेका राईलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको प्रस्तावमा नियुक्ति गर्ने निर्णय गरिएको हो ।
त्यसैगरी बैठकले आयुर्वेदिक चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंकी डा. सहारा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
वि.सं.२०८० माघ १८ बिहीवार १३:२० मा प्रकाशित






























