back
CTIZAN AD

गुणस्तरमा सुधार ल्याउन सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड

वि.सं.२०८० माघ १९ शुक्रवार

948 

shares

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-४ नागीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो ।

शैक्षिक सुधारका लागि यहाँका शिक्षक तथा कर्मचारीलाई तीन महिने प्रविधिसम्बन्धी आइसिटी तालिम दिएको छ । वडाले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउँदै, प्रविधिमैत्री पठन/पाठनमा जोड दिन तालिम दिएको जनाएको छ । शिक्षक तथा कर्मचारीमा कम्प्युटरसम्बन्धी राम्रो ज्ञान नहुँदा प्रविधिमैत्री शिक्षा गुणस्तरिय हुन नसकेको ठहर गर्दै एक माध्यमिकसहित तीन विद्यालयका शिक्षक तथा कर्मचारीलाई तालिम दिइएको वडाध्यक्ष हर्कराज राईले बताए ।

तालिमपश्चात् विद्यालयको कार्यसम्पादनसँगै शैक्षिक सुधार हुने अपेक्षा लिएको उनको भनाइ छ । “सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षणमा जोड दिएका छौँ”, वडाध्यक्ष राईले भने, “शिक्षणलाई प्रविधिमैत्री बनाउँदै शैक्षिक सुधार गर्न तीन महिने तामिल दिएका हौँ, यसबाट शैक्षिक गुणस्तरमा केही सुधार आउँछ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”

तीन महिनासम्म सञ्चालन गरिएको उक्त तालिममा एक सय ३५ जनाको सहभागिता रहेको थियो । सोही अवसरमा कार्यसम्पादनमा सहजता थप्ने उद्देश्यले स्वास्थ्यचौकीका कर्मचारीलाई समेत तालिम दिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले यसअघि शिक्षण सिकाइ क्रियाकलापलाई गुणस्तरीय बताउनका लागि शिक्षक तथा अभिभावकलाई पनि तालिम दिएको छ । विभिन्न चरणमा यहाँका तीन सय बढी अभिभावकलाई शैक्षिक सुधारका लागि खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिइएको हो ।

वडा कार्यालयले थालेको अभियानले शैक्षिक सुधारमा टेवा पुग्ने चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष पूर्णकुमार राईले बताए । शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी, शिक्षक, अभिभावक र सरकार जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाइ छ । “शैक्षिक सुधारका लागि वडाले थालेको काम प्रसंशायोग्य छ”, उनले भने, “यसरी सामुदायिक विद्यालयलाई लक्षित गरेर यस्ता कार्यक्रम सञ्चालन गर्ने हो भने शैक्षिक सुधारमा धेरै टेवा पुग्छ ।”
रासस /सांकेतिक फोटो

वि.सं.२०८० माघ १९ शुक्रवार १२:१७ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...