back

फेरी पनि दयाहाङको दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

वि.सं.२०८० माघ १९ शुक्रवार

498 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ । नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसक्नुभएको छ । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गरेका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख १ मा पनि उनी अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।

दोस्रो पटक पनि उस्तै संयोग परेपछि पनि कलाकार राईले उस्तै जवाफ दिए, “दुवै चलचित्र फरक स्वादका छन्, यी दुई चलचित्र निर्माण नै तीनदेखि चार वर्षको फरक छ, सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ, दुवै चलचित्रमा फरक विषय र परिवेशलाई प्रस्तुत गरिएको छ, एउटा विशुद्ध पारिवारिक कथामा छ भने अर्कोमा समसामयिक विषयवस्तु छ, दर्शकलाई दुवै चलचित्रले निराश बनाउँदैन ।”

दुई चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता राई भने समान छन् । “एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ, यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ, यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ”, राईले भने ।

 

वि.सं.२०८० माघ १९ शुक्रवार १३:०२ मा प्रकाशित

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध...

संसदीय समितिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ‘प्रचण्ड’

संसदीय समितिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संसदीय सिमितिको छलफलमा...

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

  काठमाडौं । अधिवक्ता तथा बाम बुद्धिजीवी गोपी भण्डारीलाई मातृशोक...

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बेनी (म्याग्दी) । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन...

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा...

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

काठमाडौँ । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ)...