back

माघ १९ लाई सम्झि ल्याउँदा

वि.सं.२०८० माघ १९ शुक्रवार

1.4K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

अहिलेजस्तो सोही ब्यबस्थामा रहेर ब्यबस्थालाइ नै गाली गर्नु अपराध हुन्थ्यो त्योबेला । हो अहिलेपनी कहिँ न कहिँ कमजोरीहरु छन । त्यसकारण ब्यबस्था र ब्यबस्थापकका कमजोरीहरुको आलोचना आवश्यक छ । हिजोजस्तो अहिले ब्यबस्थापकको आलोचना गर्दैमा जेल जानुपर्ने अवस्था छैन । कम्तीमा हामी राजा भोगेका र देखेकाहरुले हिजोको त्यो ब्यबस्थाका मतियारहरु तिर फर्कने अधोगामी बिचार त्याग्न सकौ । र यो ब्यबस्था र ब्यबस्थापकहरुका कमजोरी बिरुद्ध निर्मम आलोचक बन्न सकौ ।

सदाजस्तै चिसो र धुम्मिएको थियो माघ १९ को त्यो बिहान पनि । कुहिरोले छोपेको र तुसारो लत्पत्तिएको बिहानसङ्ग हिजो अस्तिका बिहानको निरन्तरतामा एउटा भने नयाँ भएको थियो । बिहान समाचार भन्नुपर्ने एफएम रेडियोहरुले भजन, किर्तन र गित बजाइरहेका थिए । भर्खर जनस्तरमा पुग्दै गरेको नेपाल टेलिकमको मोबाइल सेवा नेटवर्कबिहिन भएको थियो ।

भाइले साउदी अरेबियाबट पठाइदिएको नोकियाको सेट समाचार सुन्न , कुराकानी गर्न,  म्यासेज हेर्न, घडिको बिकल्पको रुपमा समय हेर्न र अध्यारोमा टर्च बाल्न प्रयोग हुन्थ्यो । अब भने मोबाइल सेट घडी हेर्न र टर्च बाल्न मात्रै सिमित भएको थियो ।

प्रत्येक शुक्रबार एउटा त्रास हुन्थ्यो अब के होला भन्ने । आजको शुक्रबार पनि केही हुन्छ भनेर पुर्व सूचना दिनुभएको थियो तत्कालीन उपप्रधानमन्त्री भरत मोहन अधिकारीले । तर उहाँले दिएको सूचना भन्दा फरक परिस्थिति आज देखिदै थियो । राजाले रास्ट्रको नाममा सम्बोधन गर्ने र निर्वाचनको मिति तोक्न सक्ने अनुमानभन्दा फरक थियो बाहिरको परिस्थिति । मोबाइल नेटवर्क मात्रै होइन सबै दुरसचार सेवा बन्द भैसकेका थिए । सन्चार माध्यममा सेनाले टुकडी जमाइसकेको थियो ।परिस्थिति जस्तो भएपनी मलाई भने सात बजे कलेज पुग्नु थियो । कलेजमा सबै सहपाठी साथीहरू पत्रकार भएकोले केही नवीन सूचना पाउने आशा थियो । तर कलेजका पत्रकार साथीहरु पनि सुचनामा मभन्दा बढी देखिएनन् । अब केही हुन्छ भन्नेभन्दा अरु हामी कसैसङ्ग केही थिएन । एकछिन पछि राजाले राष्ट्रको नाममा सम्बोधन गर्ने सुचना आयो । राजाको सम्बोधन सुन्न घर फर्किनुको विकल्प थिएन ।

पत्रकार स्वागत नेपाल र म गफिदै पुतली सडकबाट अगाडि बढ्नै लाग्दा हामिलाइ कसैले पिछा गरिरहेकोझै लाग्यो । हामी अलि फटाफट हिड्दै थियौ । रक्त सञ्चार केन्द्र्निर आइपुग्दा प्रदर्शनी मार्गबाट आएको प्रहरी डफ्फाले चिलले चल्लो समाएजस्तै गरेर भ्यानमा हाली हाल्यो । भ्यानमा नेपाल ल क्याम्पसका स्ववियु सचिब गुणराज आचार्य हुनुहुदोरहेछ । स्वागतजी कता पुग्नु भो थाहा भएन । अब हामी अनामनगर प्रहरीको पाहुना बनिसकेका थियौ । बिहान ९ बजेदेखि राती ११ बजेसम्म पानी समेत खान नदिइ प्रहरीले आफ्ना पाहुनाको राम्रै सत्कार गर्‍यो । यो थियो २०६१ माघ १९ अर्थात आजभन्दा १९ बर्ष पहिले आजको दिन ।

हिजो बिपक्षमा कलम चलाएका छन वा चलाउन सक्छन भन्ने आसङ्का हुँदा म मात्रै होइन धेरै कलमजिबिहरु सरकरी पाहुना भएर जेलको हावा खानुपर्ने स्थिति थियो । सम्भाबित बिरोधबाट डराएर टेलिफोन नेटवर्कनै काट्नुपर्ने हदसम्मको शासन र शासकिय स्वरुप थियो । ब्यबस्थाका मतियारमाथी प्रस्न गर्नु पाप ठहरिन्थ्यो । अहिलेजस्तो सोही ब्यबस्थामा रहेर ब्यबस्थालाइ नै गाली गर्नु अपराध हुन्थ्यो त्यो बेला ।

हो अहिले पनी कहिँ न कहिँ कमजोरीहरु छन । त्यसकारण ब्यबस्था र ब्यबस्थापकका कमजोरीहरुको आलोचना आवश्यक छ । हिजोजस्तो अहिले ब्यबस्थापकको आलोचना गर्दैमा जेल जानुपर्ने अवस्था छैन । कम्तीमा हामी राजा भोगेका र देखेकाहरुले हिजोको त्यो ब्यबस्थाका मतियारहरु तिर फर्कने अधोगामी बिचार त्याग्न सकौ । र यो ब्यबस्था र ब्यबस्थापकहरुका कमजोरी बिरुद्ध निर्मम आलोचक बन्न सकौ । त्यसो भएमा मात्र टेलिफोन काटिएर कुहिरोको काग बन्नुपर्ने अवस्था आउनेछैन । आमसन्चार माध्यममा सेना सम्पादक भएको दिन देख्नुपर्ने छैन ।

वि.सं.२०८० माघ १९ शुक्रवार १३:३२ मा प्रकाशित

‘देशको समृद्धिका लागि प्रमुख दलहरूबीच सहकार्य हुनुपर्छ’

‘देशको समृद्धिका लागि प्रमुख दलहरूबीच सहकार्य हुनुपर्छ’

काठमाडौँ । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष...

भनिदेउ न समाज महिलाले मात्र हो मर्नुपर्ने ?

भनिदेउ न समाज महिलाले मात्र हो मर्नुपर्ने ?

केही दिनअघि ललितपुरकी ३६ वर्षीया सविना महर्जनले दुई छोराछोरीको हत्या...

बैंकहरुले तत्काल नीतिमा सुधार ल्याउनु आवश्यक छ

बैंकहरुले तत्काल नीतिमा सुधार ल्याउनु आवश्यक छ

प्रकाश ढकाल, डेनमार्क । पछिल्लो तथ्यांक अनुसार नेपालका बैंकहरुमा ५८...

सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?

सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?

राजकुमार दिक्पाल, काठमाडौँ । असाध्यै उपेक्षित विषय हुन पुगेको छ,...

क्यान्सरपछि पनि जीवन सहज र सफल बनाउन सकिन्छ

क्यान्सरपछि पनि जीवन सहज र सफल बनाउन सकिन्छ

काठमाडौँ । नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ । नेपालमा...