back

कविता : यो देशको छ चिन्ता

वि.सं.२०८० माघ २० शनिवार

630 

shares
NTC AD
Global IME AD

रामशरण न्यौपाने, भक्तपुर

यो देशको छ चिन्ता वृद्धा र वृद्धलाई
छोडी विदेश जान्छन् छोरा र बन्धु भाइ
सङ्घर्षमा बिताई सम्पूर्ण त्यो जवानी
बाँच्नु छ खड्गको नै हालेर झन् सिरानी ।१।

संस्कार रीतलाई भारी दिएर टेवा
मान्छे भएन दानी गर्ने समाज सेवा
चोरिन्छ रोज हाँसो रोलिन्छ आँसु फेवा
बढ्दै गए सिकारी घट्दै गए परेवा ।२।

ढल्दै छ बैँस आफ्नो बन्दैछ स्वप्न थारो
तेर्सिन्छ न्यायमा नै अन्यायको तगारो
आदर्श जिन्दगीको बाटो हुँदैछ गाह्रो
हान्छन् सबै फलेकै छानी बुटो झटारो ।३।

चल्दै छ यो धरामा दुष्कर्मको रजाइँ
पारेर न्याय मुर्दा गर्छन् नि टाइँफाइँ
सम्भ्रान्त देश पार्ने जन्मेन सोच काहीँ
पर्दैछ त्रासदीमा झन् आज लोक चाहिँ ।४।

भन्छन् विकास मान्छे बाटो विनाशको छ
बिर्सेर चन्द्र तारा गन्तव्य भासको छ
राखे चिरेर पाटो माटो दरारमा छ
लाग्दै छ देश सिङ्गो जाँदै करारमा छ ।५।

छन्द : दिक्पाल
गण : त र म ज गु गु
सङ्केत :SSl  SlS  SSS  lSl  S  S

 

वि.सं.२०८० माघ २० शनिवार ०८:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...