back

कविता : स्वाधीन ल्यायौ घर

वि.सं.२०८० माघ २० शनिवार

912 

shares
NTC AD
Global IME AD

बिमला चन्द सानू
बैतडी हाल, काठमाडौं

आँखामा सपना हजार जनका बोकेर योद्धा भयौ,
नेपाली मन भित्रमा विजयको स्वप्ना जगाई गयौ ।
ताजै छन् अझ रक्त ती सहिदका आगो बनी दन्किने,
तिम्रा भाव विचारले सकलको मातृत्व झन् झल्किने ।१।

तिम्रो दिव्य विकासको पहल हो सत्ता प्रजाको हुने,
जन्ताका सुख दुःखको जतनले नेता स्वयम् नै चुने ।
राणाकाल थियो जहाँ मनुजको त्यो कालको कोठरी,
बोल्ने सम्म थिएन आँट जनमा को न्याय माग्ने मरी ।२।

यस्ता राक्षस रूपका अवनिमा डंका बजाई दियौ,
राणाको दरबार त्यो खलकको लंका जलाई गयौ ।
छोडी यौवनका उमङ्ग पल ती त्यागेर माटो भन्यौ,
आमाका दस धारको उपजमा त्यो त्याग ठूलो गन्यौ ।३।

हे आमा मन भित्रले ती सहिदका पूरा बनून् कामना,
यो नेपाल सदा तिनै सहिदको फैली रहोस् नामना ।
पुर्खाको पद चिह्नमा सहजले बढ्दै नयाँ छापमा,
राखी देश उँचो हिमाल शिर झै हिड्छौँ अझै रापमा ।४।

जोड्छौ यी कर मान्दछौँ हृदयले गर्छौ सदा बन्दना,
यस्तै वीर विरङ्गना जनम होस् यौटै छ आराधना ।
पासोमा शिर राष्ट्र त्यो हृदयमा ठूलो नमानी डर,
त्याग्यौ देह तमाम देश हितमा स्वाधीन ल्यायौ घर ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS llS lSl llS SSl SSl S

वि.सं.२०८० माघ २० शनिवार ०८:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...