Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत मकै तथा मकैको बीउका लागि दुई ब्लक र १५ वटा पकेट



 २१ वैशाख,बैतडी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय बैतडीले व्यावसायिक कृषि उत्पादन केन्द्र ९ब्लक० र साना व्यावसायिक कृषि उत्पादन केन्द्र ९पकेट० छनौट गरेको छ ।

तरकारी र मकै तथा मकैको बीउ उत्पादनका लागि दुई ब्लक र १५ वटा पकेट छनौट गरिएको जिल्ला कृषि विकास कार्यालय बैतडीका जेटिए महेश अवस्थीले जानकारी दिनुभयो । कृषि समूहले दिएको आवदेनका आधारमा व्यावसायिक कृषि उत्पादन केन्द्र ९ब्लक० र साना व्यावसायिक कृषि उत्पादन केन्द्र ९पकेट०को छनौट गरिएको उहाँले बताउनुभयो । मकै तथा मकैको बीउ उत्पादनका लागि साबिकका मेलौली, महारुद्र, शिवनाथ, विशालपुर गाविसलाई छनौट गरिएको छ ।

यस्तै, तरकारीका लागि पाटन नगरपालिकाको सिद्धपुर र सिद्धेश्वरलाई छनौट गरिएको उहाँले बताउनुभयो । साना व्यावसाियक कृषि उत्पादन केन्द्र ९पकेट०का लागि साबिकका शिखरपुर, मठैराज, दुर्गास्थान, रुद्रेश्वर, देहीमाडौँ, डिलासैनी, सलेना, गोकुलेश्वर, सिलङ्गा, गुरुखोला र भौनेली गाविस छनौट भएका जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

व्यावसायिक कृषि उत्पादन केन्द्रका लागि दुईसय हेक्टर जमिन र साना व्यावसायिक कृषि उत्पादन केन्द्रका लागि १० हेक्टर जमिन आवश्यक पर्दछ । उहाँले भन्नुभयो, “यसरी ब्लक र पकेटका लागि छनौट भएका ठाउँमा जिल्ला कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको