back

फागुन १ देखि ऋणपत्र निष्काशन गर्दै एनआईएमबि

वि.सं.२०८० माघ २२ सोमवार

561 

shares
RBB AD
NTC AD

 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कुल ऋणपत्र मध्ये १६ लाख १६ हजार इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ। सो मध्येबाट पनि ८० हजार ८ सय कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको २४ लाख २४ हजार इकाई बैंकले व्यक्तिगत तबरमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको आवेदन दिनु पर्ने छ । यस निष्काशनमा छिटोमा फागुन ४ गतेसम्म र सो समय भित्र पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त ऋणपत्रको अवधि दश वर्षको हुनेछ भने ऋणपत्रमा १० प्रतिशत ब्याजदर तोकिएको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

वि.सं.२०८० माघ २२ सोमवार १४:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४...

नेप्से र कारोबार दुवै घट्यो

नेप्से र कारोबार दुवै घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार...

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...