back
CTIZAN AD

रक्तदाता मैनालीद्वारा विभिन्न देशमा दुई सय छ पटक रक्तदान

वि.सं.२०८० माघ २२ सोमवार

1K 

shares

नारायणगढ (चितवन) । विश्वरक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको रक्तदानसम्बन्धी उत्प्रेरणा अभियानअन्तर्गत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उनले दुई सय छ पटक रक्तदान गरेका हुन् ।

मैनालीले सन् १९८७ देखि आफूले लगातार रक्तदान गर्दै आएको बताए । उनका अनुसार उनले विश्वका विभिन्न देशहरुमा एक सय ३४ पटक रगत र ७२ पटक रक्ततत्व प्लेलेट्स दान गरेका छन् । उनले भने, “मैले विश्वका छ वटै महादेशका २० देशमा दुई सय छ पटक रक्तदान गरेको छु, मेरो आफ्नै रगतले मात्रै छ सय १८ जनाको ज्यान बचाउन सहयोग हुन्छ ।”

उनले सन् १९८६ मा काठमाडौँमा प्रमाणपत्र अध्ययन गर्दा जो थोमसको ‘द ब्लड डोनर’ कथा पढेपछि रक्तदान गर्न प्रभावित भएको बताए । उन्नाइस वर्षको हुँदादेखि रगत दान गर्दै आएका मैनालीले ५६ वर्ष लाग्दै गर्दा दुई सय छ पटक रक्तदान गरिसकेका छन् । उनले भने, “पहिलो पटक रक्तदान गरिसकेपछि काठमाडाँैको प्रदर्शनीमार्गस्थित रक्तसञ्चार केन्द्रबाट आफ्नो रगत ओ पोजेटिभ समूह भएको थाहा पाएँ, आजसम्म दान गरेको रगतको परिणाम जोड्दा एक सय दुई लिटर हुन आउँछ ।”

रक्तदानबारे उत्प्रेरणा जगाउने तथा रक्तदान कार्यक्रमको संयोजन गर्ने विभिन्न संस्थामा आबद्घ मैनाली हाल अमेरिका बस्दै आएका छन् । मैनालीको जन्मस्थान काभ्रेपलाञ्चोकको सिपाली हो । उनले विश्वका विभिन्न देशमा पुगेर रक्तदान गर्न उत्प्रेरणा जगाउने अभियान चलाउँदै आएका छन् ।

 

वि.सं.२०८० माघ २२ सोमवार १५:१८ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...