back

अर्नाले खोस्यो छोरीलाई बेहुली बनाएर अन्माउने मुखिया परिवारको धोको

वि.सं.२०८० माघ २३ मंगलवार

1.5K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

इनरुवा । सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए ।

मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो ।

सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरु आउनेक्रम सुरु भइसकेको थियो ।
छरछिमेकीहरु पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको जोहो भइसकेको थियो ।

गुलाबी विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिए । तर गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ ।

गुलाबीकी २१ वर्षीया छोरीलाई कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली अर्नाले आक्रमण गरी ज्यान लिएपछि गुलाबीको परिवारमा बज्रपात भएको हो । रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मुखियाको परिवार मुर्छित छ । गुलाबी परिवारले माछा मारेर जीविकोपार्जन गर्दै आएको छ ।

घरबाट करिब डेढ किलोमिटर पश्चिम कोसी किनारमा घाँस काट्न पुगेकी रञ्जुलाई आइतबार अर्नाले आक्रमण गरेको थियो । सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताए ।

घाइते भएर ढलेपछि पनि अर्नाले आक्रमण गरिरहेकाले रञ्जुको घटनास्थलमै निधन भएको थियो । बिहेको एकदिनमात्र अघि भएको यो दुःखद् घटनाका कारण रञ्जुको बेहुली बन्ने सपना पनि अधुरै रह्यो ।

पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ । आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई जनही रु १० लाख उपलब्ध गराउँदै आएको छ ।

आर्थिक वर्ष २०७०÷७१ देखि हालसम्ममा हात्तीको आक्रमणले ३४ जना घाइते भएका छन् भने १६ को मृत्यु भएको कोसीटप्पु वन्यजन्तु आरक्ष प्रशासन शाखाले जनाएको छ । अर्नाको आक्रमणमा परी ४३ घाइते भएका छन् भने रञ्जुसहित चार जनाको मृत्यु भएको छ ।रासस

 

वि.सं.२०८० माघ २३ मंगलवार १७:३६ मा प्रकाशित

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा...

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

काठमाडौँ । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ)...

पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपातको सम्भावना !

पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपातको सम्भावना !

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

तीन लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

तीन लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

बनियानी (झापा) । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप...

विद्यालय बन्द भएपछि पढ्नकै लागि भारत जानुपर्ने बाध्यता

विद्यालय बन्द भएपछि पढ्नकै लागि भारत जानुपर्ने बाध्यता

इलाम । सन्दकपुर गाउँपालिका-५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी...

आयोगद्वारा पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा दायर

आयोगद्वारा पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा दायर

इनरुवा (सुनसरी) । सुनसरी कोसी गाउँपालिका-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय...