back
CTIZAN AD

डोल्पाका प्रायःमतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन

वि.सं.२०७४ वैशाख २१ बिहीवार

654 

shares

२१ वैशाख, डोल्पा । दुर्गम जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन छन् ।

डोल्पाको मध्यभेगमा पर्ने केही मतदान केन्द्रबाहेक उपल्लो डोल्पाका २२ वटा तथा तल्लो सबैजसो मतदान केन्द्र कुनै पनि फोन सेवा नभएकाले निर्वाचन गतिविधिका विषयमा कुनै पनि जानकारी लिन दिन ठूलो समस्या भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले बताउनुभयो ।

निर्वाचनसम्बन्धी गतिविधिको सम्पूर्ण जानकारी प्रहरीबाटै लिने गरेका छौँ, जिल्लाका ६६ वटा मतदान केन्द्रमध्ये सदरमुकाम आसपासका केही निर्वाचन कार्यालयमा फोन सम्पर्क हुने गरेपनि जिल्लाका अधिकांश निर्वाचन कार्यालय तथा मतदान केन्द्र सम्पर्कविहीन छन् – बुढाले भन्नुभयो ।

एक वा दुई दिनपछि प्रहरीको आन्तरिक सञ्चारबाट खबर आउने गरेको छ यसै सूचनाका आधारमा निर्वाचनसम्बन्धी सूचना पाउने गर्छौं –बुढाले थप्नुभयो ।

फोन सम्पर्क नहुँदा स्थानीय निर्वाचन गराउन ठाउँ ठाउँमा खटिएका कर्मचारीको समेत अवस्था बुझ्न नसकिएको उहाँले बताउनुभयो । उपल्लो डोल्पाका तीनवटै गाउँपालिकामा नेपाल टेलिकमको कुनै पनि मोबाइल सेवा छैन भने ठाउँठाउँमा राखिएको भिस्याट फोन पनि सञ्चालनमा आउन सकेका छैनन् । सञ्चार सुविधाको अभावमा उपल्लो डोल्पा तथा तल्लो डोल्पाका क्षेत्र वर्षांैदेखि सञ्चारविहीन हुँदै आएको छ ।

वि.सं.२०७४ वैशाख २१ बिहीवार ०७:५१ मा प्रकाशित

मालुमा पुनः मतदान सुरु, माइकिङ गरेर बोलाईदैँ मतदातालाई

मालुमा पुनः मतदान सुरु, माइकिङ गरेर बोलाईदैँ मतदातालाई

काठमााडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुनः मतदान...

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...

नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित

नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले प्रतिनिधिसभा सदस्य...

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब...

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट (उदयपुर) । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग...