back
CTIZAN AD

चीनमा शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त

वि.सं.२०८० माघ २५ बिहीवार

1.1K 

shares

बेइजिङ । विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र चीनको बजार हालैका महिनामा वैश्विकस्तरमा सबैभन्दा खराब प्रदर्शनमा परेपछि चीनले आफ्नो शीर्ष वित्तीय नियामक प्रमुखलाई हटाएको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ ।

साङ्घाई र हङकङका सेयर बजारहरूमा सरकारी विक्रयलाई लिएर बेइजिङ चिन्तित भएको छ । यी बजारले मूल्याङ्कनमा खर्बौं गुमाएका छन् र उक्त पराजयलाई रोक्नका लागि धेरै उपाय सार्वजनिक गरिएको छ । सत्तारूढ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वले यी हुइमानलाई मुलुकको शीर्ष वित्तीय नियामक सेक्युरिटिज रेगुलेटरी कमिसन (सिएसआरसी)को प्रमुखबाट हटाएको सरकारी प्रसारक सिसिटिभीले बुधबार बताएको छ ।

ब्लुमबर्गका अनुसार त्यसको एक दिनपछि राष्ट्रपति सि जिनपिङ बजारलाई माथि उठाउने प्रयासमाथि छलफल गर्न नियामकहरूसँग भेट गर्न लागेका थिए । इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनका पूर्वअध्यक्ष यीलाई सन् २०१९ जनवरीमा सिएसआरसीमा शीर्ष पदमा नियुक्त गरिएको थियो ।

सरकारी सञ्चारमाध्यमका अनुसार यीले लियु शियुको स्थान लिएका थिए । लियुलाई ‘कानून र अनुशासनको उल्लङ्घन’ गरेको आरोपमा बर्खास्त गरिएको थियो र अनुसन्धान गरिएको थियो ।

एक आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष चीनले तीन दशकमा आफ्नो सबैभन्दा कम वृद्धि दर (पाँच दशमलव दुई प्रतिशत) हासिल गरेको छ । यसमा केही अर्थशास्त्रीले सन्देह प्रकट गरेका छन् ।

मुलुकले गम्भीर सम्पत्ति सङ्कट, सुस्त खपत र वैश्विक उथलपुथलको सामना गरिरहेको छ । अधिकारीहरूमाथि व्यावसायिक गतिविधि पुनः सुरु गर्न र उपभोक्ताहरूलाई पुनः खर्च गर्न थप प्रोत्साहन कदम सार्वजनिक गर्न दबाब छ ।

चीनको अर्थतन्त्रले महामारीपछि प्रारम्भिक सुखद सुधार गरेको थियो तर घर र व्यवसायहरूबीच विश्वासको कमीका कारण खपत प्रभावित हुँदा गत वर्षका केही महिनाभित्र यस्तो सुधार समाप्त भयो ।

मङ्गलबार प्रमुख वित्तीय संस्थानहरूमा चीन सरकारको हिस्सा राख्ने एकाइ सेन्ट्रल हुइजिन इन्भेस्टभेन्टले कोषमा लगानी बढाउने बताएपछि हङकङ र साङ्घाईमा स्टक बढ्यो । सिएसआरसीले दीर्घकालीन कोषबाट थप कार्य गर्न आग्रह गर्ने र सूचीबद्ध कम्पनीहरूबाट पुनः खरिद बढाउन आह्वान गर्ने घोषणा गरेपछि सेन्ट्रल हुइजिन इन्भेस्टमेन्टले कोषमा लगानी बढाउने बताएको हो ।

बिग्रिएका बजारलाई समर्थन गर्न थप चिनियाँ उपायहरूको अपेक्षामा साङ्घाईको सेयरहरू बुधबार बढेका छन् ।
एएफपी

वि.सं.२०८० माघ २५ बिहीवार ११:४२ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...